लोकसेवा तयारी मोबाइलबाटै गर्न लोकसेवा प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
3 Days (Rs. 10)
15 Days (Rs. 25)
One Month (Rs. 80)
One Year (Rs. 300)
काठमाडौँ । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ ।
प्रहरी जवान पदका लागि आज विज्ञापन निकालेर कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी भर्ना लिन लागेको हो।
प्रहरी जवान पदमा भर्ना हुन चाहने इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ गतेसम्म आवेदन दिन सक्ने नेपाल प्रहरीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
प्रहरी प्रधान कार्यालयले खुलातर्फ २ हजार ८ सय १७ कोटा तोकेको छ भने अरू समावेशीतर्फ छ। आदिवासी जनजातिका लागि ७ सय ३७ र महिलातर्फ चार सय ४१ जनाको कोटा निर्धारण गरिएको छ ।
७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कक्षा आठ वा सो सरह पास गरेकोले फाराम भर्न पाउने छन्।