Welcome, Guest

पदीय चुनौतीलाई अवसरमा परिणत गर्छुः सर्वेन्द्र खनाल

2074-12-29 / Source: onlinekhabar.com  /  3.1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

२९ चैत, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक सर्वेन्द्र खनालले पदीय चुनौतिलाई अवसरमा परिणत गर्ने बताएका छन् । उनले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता पनि जनाए ।
 
बिहीबार बिहान गृहमन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण कार्यक्रममा खनालले लिखित मन्तव्य संक्षिप्त रुपमा राखेका थिए । पदीय जिम्मेवारीसँगै चुनौति पनि रहेको भन्दै उनले यसलाई आफूले अवसरको रुपमा लिएको बताए ।
 
 
 
आफूसँगै दर्ज्यानी चिह्न ग्रहण गरेका सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई बधाइ दिँदै सर्वेन्द्रले सहकार्य गरेर अघि बढ्ने बताए ।
 
उनले संगठनको प्रभावकारीता बढाउन वृत्ति विकासमा जोड दिने र प्रहरी संगठनको क्रियाकलापलाई पारदर्शी तथा जवाफदेही बनाउने बताए ।
 
गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई पालना गर्ने प्रतिवद्धता खनालले जनाए ।
 
सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले ऐन नियमअनुसार इमान्दारीतापूर्वक काम गर्ने र चेन अफ कमाण्ड कायम गर्ने बताए । उनले उपलब्ध स्रोत साधनको परिचालन गरेर सशस्त्रको प्रहरी बललाई आधुनिकीकरण गर्ने पनि बताए ।
 
खनालले आतंककारी गतिविधि र समाजमा खलल पुर्‍याउने कामलाई रोक्नका लागि क्रियाशील हुने बताए । त्यसका लागि आवश्यक नीति नियम निर्माणमा जोड दिने पनि उनले बताए ।
 
सशस्त्र प्रहरीका महानिरीक्षक खनालले पनि गृहमन्त्रालयको ८२ बुँदे कार्ययोजनालाई अनुसरण गर्ने बताए ।
 
गृह मन्त्रालयका सचिव प्रेम कुमार राईले ६ महिना वा एक वर्ष वा मासिक कार्ययोजना बनाएर काम गर्न सुझाव दिए । उनले कर्मचारीहरुको वृत्ति विकासमा ध्यान दिन पनि सुझाव दिए ।

You need to login to comment.

Facebook Comments

Read More News