Welcome, Guest

सशस्त्र प्रहरीमा १३८९ जनाका लागि भर्ना खुल्यो

2072-06-22  /  4.8K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

पहिलो पटक नयाँ भर्नामा अनलाइन फारम भर्ने व्यवस्था

सशस्त्र प्रहरी बलले पहिलो पल्ट जवान तहको नयाँ भर्ना छनोट कार्यमा अनलाइन फारम भर्ने नयाँ व्यवस्था गरेको छ। फारम भर्नको लागि सशस्त्र प्रहरी बलका प्राविधिज्ञहरुले अनलाइन पोर्टल http://bharna.apf.gov.np को विकास गरेका छन्।

 सशस्त्र प्रहरीमा हाल सशस्त्र प्रहरी जवान तहमा कूल एक हजार एकसय जना नयाँ भर्नाको लागि दरखास्त आब्हाल भएको छ। यसैगरी परिचरको विभिन्न ट्रेडमा एकसय जनाको लागि तथा प्राविधिकतर्फ विभिन्न ट्रेडमा एक सय ८९ जनाको लागि दरखास्त आब्हान गरिएको छ।

सशस्त्र प्रहरी बलमा निश्पक्ष ढंगले सशस्त्र प्रहरी सेवा आयोगद्वारा लिइने परीक्षामा विगतमा सशस्त्र प्रहरी बलको तोकिएको कार्यालयमै उपस्थित भई दरखास्त फारम बुझाउनु पर्ने बाध्यतालाई अनलाइन फारम भर्न पाउने व्यवस्थाले हटाएको छ।

 अनलाइन फारम भर्दा फारम किन्न जानुपर्ने झञ्झटबाट मुक्त हुनुको साथै उम्मेद्वारले एक पटक व्यक्तिगत विवरण भरिसकेपछि ती विवरणहरु अन्यत्र भरिरहन नपर्ने हुँदा सजिलो हुनुका साथै फारम भर्नको लागि आफ्नो जन्ममितिले उपयुक्त भएनभएको थाहा हुने हुँदा अनावश्यक झञ्झटबाट मुक्त हुनेछ। जन्ममितिको हिसाब गरिरहनु नपर्ने तथा भरिएको विवरण अपुरो भएमा फारम ‘एसेष्ट' नहुने हुँदा परिक्षार्थीलाई निकै सजिलो हुनेछ।

 फारम भरेपछि सो फारम डीजिटल हुने भएकोले परिक्षार्थीले चाहेमा प्रिन्ट गर्न र सो विवरण सधै आफूसँगै हुने भएको हुँदा यो प्रविधिको प्रयोगले परिक्षार्थीलाई सहज हुने विश्वास सशस्त्र प्रहरी बलले लिएको छ।

व्यक्तिगत विवरण भर्नको लागि रजिष्ट्रेसन फारममा क्लीक गर्नुपर्ने हुन्छ। साथै एक भन्दा बढी पदमा दरखास्त बुझाउनको लागि उम्मेद्वारले ‘एप्लाई अनलाइन फर्म’मा गएर समूह तथा पद छानी विवरण भर्नुपर्ने हुन्छ।

 अनलाइन फारम भरेर डाउनलोड भएको पीडीएफ फायललाई प्रिन्ट गरेर तोकिएको स्थानमा बुझाई प्रवेशपत्र लिनु पर्नेहुन्छ।

 नेपाली टाइप नगरी रोमनमा टाइप गरेर स्पेस थिचेमा नेपाली अक्षर टाइप हुने ‘अब्सन’ समेत सशस्त्र प्रहरी बलका प्राविधिज्ञहरुले सो फारममा विकास गरेका छन्। फारम भर्दा कुनै कुरा भर्न छुटेमा ‘सिष्टम’ ले फारम ‘एसेप्ट’ नगर्ने हुँदा परिक्षार्थीले सम्पूर्ण विवरण सहिढंगले भरेनभरेको थाहा हुने हुँदा यो प्रविधि प्रभावकारी र विश्वसनीय रहेको छ।

 सशस्त्र प्रहरी बलमा जवान तहमा हालसम्म आठ हजार बढि संख्याले दरखास्त फारम बुझाएका छन् भने फारम बुझाउने कार्य जारी रहेको छ। सशस्त्र प्रहरी बलमा पहिलो पल्ट अमर सशस्त्र प्रहरीका सन्ततीका लागि कोटा छुट्याइएको छ। सशस्त्र प्रहरी नियमावली २०७२ मा अमर सशस्त्र प्रहरीका सन्ततीलाई नयाँ भर्नामा दुई प्रतिशत कोटाको व्यवस्था रहेको छ।

 नयाँ भर्ना कार्यलाई निश्पक्ष, विश्वसनीय र पारदर्शी तुल्याउन परिक्षामा खटिएकाहरुले आफूले लिएको परिक्षामा उत्तिर्ण वा अनुत्तिर्ण के भएको हो त्यसको परिणाम प्रवेश पत्रमै उल्लेख गरी दस्तखत गरेर सम्बन्धित परिक्षार्थीलाई फिर्ता गर्ने व्यवस्था गरेको छ। यसबाट परीक्षा लिने व्यक्ति आफूले लिएको परीक्षाप्रति जिम्मेवार हुने तथा परीक्षालाई व्यवस्थीत र त्रुटिरहित तुल्याउन मद्दत पुगेको छ।

 सशस्त्र प्रहरी बलले भर्नामा कोही कसैले उत्तिर्ण गराई दिने भनि ठगी गर्न खोजेमा सशस्त्र प्रहरी बलको हटलाईन सेवा फोन नम्बर १११४ मा खबर गर्न आग्रह समेत गरेको छ। भर्ना कार्य निश्पक्ष हुने दावी सशस्त्र प्रहरी बलको छ।

 भर्ना छनोट परिक्षामा सहभागि हुने सशस्त्र प्रहरी बलका अधिकृत तथा जवानहरुलाई अनुशिक्षण तालिम समेत दिइएको छ। तालिमको दौरानमा परिक्षा विधि लगाएत गर्न हुने र गर्न नहुने कार्यबारे प्रशिक्षण दिइएको छ। कोही कसैले भर्ना छनोट कार्यमा अनियमितता गरेमा कारवाही गरिने कुरा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले स्पष्ट पारेको छ।  

 

Source: Setopati


You need to login to comment.

Facebook Comments

Read More News