Welcome, Guest

खुसीको खबर :- लोकसेवा विज्ञापन प्रक्रिया यही साताबाट

2076-01-12 / Source: edevnews.com  /  9.1K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

कर्मचारी समायोजनका कारण झण्डै ७ महिनादेखि धकेलिदै आएको लोकसेवा आयोगको नयाँ विज्ञापन यसै साताबाट खुल्ने भएको छ । समयमा लोकसेवाको विज्ञापन नखोलिदा लोकसेवाको तयारी गरिरहेका १० औं लाखका संख्यामा यूवाहरुलाई खुसीको खबर यो छ कि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाका लागि यसै साता लोकसेवामा माग पठाउने तयारी भइरहेको जनाइएको छ । 
राजाधनीमा आयोजित एक कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले छोटो प्रक्रियाबाट कर्मचारी भर्नाका लागि यसै साता लोक सेवामा माग पठाउने तयारीमा भइरहेको बताए ।
 
राजधानीमा आयोजित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको संयुक्त आयोजनामा सञ्चालित सङ्घीय पद्धति सुदृढीकरणमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पण्डितले यस्तो बताएका हुन् । मन्त्री पण्डितले छोटो प्रक्रियाबाट टुंगिने गरी प्रक्रिया अघि बढाइएको बताएका जनाए । मन्त्री पण्डितका अनुसार,यसै साता लोक सेवालाई कर्मचारी भर्नाका लागि पठाउन लागिएको छ मन्त्री पण्डितले भने प्रादेशिक लोक सेवा नबनुन्जेल सङ्घीय लोकसेवाले छनौटको काम गर्ने संवैधानिक व्यवस्थाअनुसार उक्त प्रक्रिया अघि बढाइएको हो ।
तीन महिनाभित्रमा फास्ट ट्रयाकमा रिजल्ट दिने गरी लोक सेवा खुलाउने तयारीमा आफू रहेको मन्त्री पण्डितले जानकारी दिए ।

You need to login to comment.

3 Comments

Yadav Mukesh

on 26 Apr, 2019

is it really

Dinesh Karki

on 25 Apr, 2019

वाईयात कुरा

Sandip Bashyal

on 25 Apr, 2019

good

Facebook Comments

Read More News