Welcome, Guest

दुई निरीक्षक निष्कासित

2075-12-14 / Source: rajdhanidaily.com  /  2.5K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

सिरहा।   माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत बुधबार सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्कासित गरिएको छ भने ११ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
परिक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्र मावि र सारस्वर मावि परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्कासित गरेको हो ।
 
यस्तै, परीक्षा हलभित्रै मोबाइल प्रयोग गरी प्रश्नपत्र आउट गर्ने कार्य गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहान नगरपालिकाको बस्तीपुर परीक्षा केन्द्रबाट आठ जना, सारस्वर मावि परीक्षा केन्द्रबाट दुई जना र चन्द्र मावि परीक्षा केन्द्रबाट एक जना परीक्षार्थीको परीक्षा रद्द गरिएको सिरहाका जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख डोलराज पाण्डेले जानकारी दिए । जिल्लामा ३८ परीक्षा केन्द्रबाट ९ हजार १८५ जना परीक्षार्थी परीक्षामा सहभागी रहेका छन् ।

You need to login to comment.

Facebook Comments

Read More News