Welcome, Guest

यस वर्षको ओस्कार अवार्ड सर्वोत्कृष्ट चलचित्र ‘ग्रीन बुक’लाई

2075-11-13 / Source: prasashan.com  /  2.6K 0

काठमाडौं । यस वर्षको ओस्कार अवार्ड सर्वात्कृष्ट चलचित्र ‘ग्रीन बुक’ले जितेको छ । अमेरिकाको लस एन्जेल्समा आइतबार राति आयोजित ९१ औँ समारोहमा ‘ग्रीन बुक’लाई सर्वात्कृष्ट चलचित्र घोषणा गरिएको हो । यूनिभर्सल पिक्चर्सद्धारा निर्मित यो चलचित्रले सर्वोत्कृष्ट चलचित्रसहित तीन ओटा ओस्कार जितेको हो ।
 
ओस्कार अवार्ड : (२०१९)
सर्वात्कृष्ट चलचित्र : ‘ग्रीन बुक’
सर्वोत्कृष्ट अभिनेता : ‘बोहेमियान रुहाप्सोडी’बाटरामी मलेक
सर्वोत्कृष्ट सहायक अभिनेता :अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अली
सर्वोत्कृष्ट अभिनेत्री : ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यान
सर्वोत्कृष्ट निर्देशक : चलचित्र ‘रोमा’अल्फोन्सो कुआरोन 
सर्वोत्कृष्ट सहअभिनेत्री : चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिगिना किङ
 
सर्वोत्कृष्ट अभिनेताको अवार्ड भने ‘बोहेमियान रुहाप्सोडी’बाट रामी मलेकले जितेका छन् । उनी यो विधामा पहिलोपटक मनोनयनमा परेका हुन् । सर्वोत्कृष्ट सहायक अभिनेताको अवार्ड अफ्रिकन मूलका अमेरिकी अभिनेता महेरसाला अलीले जितेका छन्। यसैगरी सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्ड पनि ग्रीन बुकको नाममा रहेको छ ।  सर्वोत्कृष्ट अभिनेताको विधामा क्रिस्चियन बेल, ब्राडले कुष्पर, विल्लेम डाफोई, भिग्गो मोर्टेसन पनि मनोनयन सुचीमा थिए ।
 
सर्वोत्कृष्ट अभिनेत्रीको विधामा ‘द फेभरेट’ बाट ओलिभिया कोलम्यानले अवार्ड पाएकी छन् । सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘इफ बियल स्ट्रिट कुड टक’ बाट रिेगिना किङलाई दिइएको छ । यस्तै सर्वोत्कृष्ट निर्देशकको अवार्ड अल्फोन्सो कुआरोनले जिते । चलचित्र ‘रोमा’ बाट उनले यो अवार्ड पाएका हुन् । यसअघि सन् २०१४ मा पनि उनले यो अवार्ड जितेका थिए । कुआरोनले यसपाली सर्वोत्कृष्ट विदेशी भाषाको चलचित्रका लागि पनि अवार्ड जितेका छन् ।

You need to login to comment.

Facebook Comments

Read More News