Welcome, Guest

रोजगारीको अवसरः कर्णाली सरकारले माग्यो भत्तामा आधारित डेढ सय स्वयम् सेवक

2075-11-13 / Source: jagaran.com  /  3K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

सुर्खेत, ११ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक सय ५० जना स्वयम् सेवक माग गरेको छ । प्राविधिक र अप्राविधिक तर्फ स्वयम् सेवक परिचालन गर्ने योजना बनाएको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा प्राविधिक तर्फ स्वयम् सेवक माग गरेको हो । पहिलो चरणमा मन्त्रालयले मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेव, अनमी, रेडियोग्राफी, ल्याव असिस्टेन्ट, सिभिल सव इन्जिनियर, कृषि भेटेरेनरी जेटिए, असिस्टेन्ट सव इन्जिनियर, मेडिकल अफिसरलगायतका पदमा स्वयम् सेवक आव्हान गरेको हो । मन्त्रालयका अनुसार प्राविधिक तर्फका एक सय ३९ जना स्वयम् सेवकलाई पहिलो चरणमा परिचालन गर्न लागिएको छ । जसअन्तर्गत डोल्पामा २० जना, मुगुमा १७, हुम्लामा १८, जुम्लामा ११, कालिकोटमा १९, जाजरकोटमा १५, रुकुम पश्चिममा १२, दैलेखमा १३, सल्यानमा ८ र सुर्खेतका लागि ६ जना स्वयम् सेवक परिचालन हुने छन् । सामाजिक विकासमन्त्री दल रावलकाअनुसार डोल्पा, मुगु र हुम्लामा २८/२८ जना, जुम्ला र कालिकोटमा २४/२४ जना, जाजरकोटमा २३, रुकुम पश्चिम र दैलेखमा २१/२१, सल्यान र सुर्खेतमा १५/१५ जनाको दरवन्दी स्विकृत भएको थियो । सवै पदका लागि १८ वर्ष पुरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने सुचनामा उल्लेख गरिएको छ । मेडिकल अफिरका लागि एमविविएस गरेको वा सो सरह मेडिकल काउन्सिलको दर्ता प्रमाण पत्र प्राप्त व्यक्ति हुनुपर्ने छ । यस्तै हेल्थ असिस्टेन्टका लागि चिकित्सा विषयमा प्रविणता प्रमाणपत्र तह उतिर्ण गरी सम्वन्धित परिषद्को दर्ता प्रमाण पत्र, अहेवका लागि सम्वन्धित विषयमा टि एसएलसी वा सो सरह उतिर्ण भई काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त भएको हुनुपर्ने छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट निर्सिङ्ग विषयमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उतिर्ण गरी काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त व्यक्तिले स्टाफ नर्सका लागि आवेदन दिन पाउने छन् । अनमिका लागि भने टि एसएलसी तथा सो सरह उतिर्ण व्यक्ति, सम्वन्धित विषयमा प्रविणता प्रमाणपत्र तह उतिर्णका गरेको व्यक्तिले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । सम्वन्धित विषयमा प्रविणता प्रमाणपत्र तह उतिर्णका गरेको व्यक्तिले रेडियोग्राफी पदका लागि आवेदन दिन सक्ने छन् । यता ल्याव असिस्टेन्टका लागि सम्वन्धित विषयमा टि एसएलसी र सिभिल इन्जिनियर अध्ययन गरेको व्यक्ति हुनुपर्ने छ । सेवा सुविधाः स्वयम् सेवकका लागि सरकारले मासिक रुपमा जीवन निर्वाह भत्ता उपलव्ध गराउने छ । स्नातक तह उतिर्ण गरेका प्राविधिक स्वयम् सेवकले १९ हजार दुई सय देखि २१ हजार ६ सय सम्म भत्ता पाउने छन् । उच्च माध्यमिक तह वा सो सरह उतिर्ण गरेका प्राविधिक तर्फका स्वयमु सेवकले १५ हजार ६ सय देखि १८ हजार एक सय रुपैयाँ सम्म भत्ता पाउने छन् । यस्तै प्रवेशिका परिक्षा उतिर्ण गरेका प्राविधिकहरुका लागि १४ हजार चार सय देखि १६ हजार आठ सय सम्म भत्ता तोकिएको छ । कार्यविधिमा वर्गिकरण गरिएका जिल्ला अनुसार नै भत्ता निर्धारण गरिएको छ ।

You need to login to comment.

5 Comments

Chandani Shah

on 02 Mar, 2019

I also wanna so share me this link

Chandani Shah

on 02 Mar, 2019

side provide garnu paryo

Sãñjåy Düttà Raūñìyār

on 01 Mar, 2019

from ko side

Jyamin Nrs Tamang

on 28 Feb, 2019

I Want To Join...

Kaji Thapa

on 26 Feb, 2019

form ko site k ho

Facebook Comments

Read More News