Welcome, Guest

एक घण्टाभित्रमा तीन राष्ट्रपति ! मेक्सिकोका केही रोचक तथ्यहरु

2075-11-05 / Source: www.onlinekhabar.com  /  3.1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

उत्तर अमेरिकामा रहेको एउटा देश हो मेक्सिको । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो देशसँग जोडिएको अमेरिकी सिमानामा पर्खाल लगाउने भनेसँगै यो देशको नाम सायद दुनियाका धेरै मानिसले सुनेकै छन् होला ।
 
मेक्सिको विश्वको १४ औं ठूलो देश हो । यो देशले धेरैखाले कीर्तिमान राखेको छ । त्योमध्ये एउटा कीर्तिमान चाहिँ सबैभन्दा छिटो-छिटो राष्ट्रपति फेरिएर कायम भयो ।
 
इतिहासमा कुनैबेला मेक्सिकोमा एक घण्टाभित्रमा तीन जना नयाँ राष्ट्रपनि बने । सन् १९१३ को फेब्रुअरी १८ को घटना हो यो । उक्त दिन तत्कालीन राष्ट्रपति मादेरोलाई सैनिक जनरल भिक्टोरियानो होएर्ताले अपदस्थ गरे । सैनिक जनरलकै योजना मुताविक कानूनी संकट छल्नका लागि तत्कालीन परराष्ट्र मन्त्री लास्कुरेनलाई राष्ट्रपति बनाइयो ।
 
उपराष्ट्रपति तथा महान्यायाधिवक्तालाई पनि जेलमा कोचिएको थियो । त्यसपछि लास्कुरेनले सैनिक जनरल होएर्तालाई गृहमन्त्रीमा नियुक्त गरे र तत्कालै राष्ट्रपतिको पदबाट राजीनामा दिए ।
 
त्यसपछि कानून बमोजिम राष्ट्रपतिको पद होएर्ताले पोल्टामा आयो । यसरी १ घण्टाभित्रमा मेक्सिकोमा ३ जना राष्ट्रपति बने । लास्कुरेनलाई विश्वमा सबैभन्दा कम समय राष्ट्रपति बन्ने व्यक्ति मानिन्छ । उनी जम्माजम्मी आधा घण्टाजति राष्ट्रपति बनेका थिए ।
 
अहिले मेक्सिकोको राजधानी मेक्सिको सिटी ठूलो खतरामा छ । यहाँको जमिन धसिइरहेको छ । रिपोर्टअनुसार मेक्सिको सिटीको जमिन हरेक वर्ष ६ देखि ९ इन्चको दरले तल भासिइरहेको छ । यसको कारण चाहिँ जमिनमुनिको पानीको सतह अर्थात् भूमिगत जलसतह तीव्र रुपमा घट्दै जानु हो । जमिन भासिँदै जाँदा मेक्सिको सिटीका भवनहरु पनि विस्तारै जमिनमुनि धसिँदै गएका छन् ।
 
मेक्सिकोको नाममा अर्को कीर्तिमान पनि छ । विश्वकै सबैभन्दा बुढो रुख पनि मेक्सिकोमै छ । उक्त रुखको नाम मान्टेजुमा साइप्रस हो । यो रुख २ हजार वर्ष पुरानो भएको बताइन्छ । रुखको उचाइ ४० फिट छ ।
विश्वको सबैभन्दा सानो ज्वालामुखी पहाड पनि मेक्सिकोमै छ । क्युस्कोमेट नामक ज्वालामुखी पहाड यहाँको प्युबला शहरमा रहेको छ । उक्त ज्वालामुखी पहाड १३ मिटर अग्लो छ र यसको चौडाइ २३ मिटर छ ।
पिरामिड भन्नेबित्तिकै हामीले इजिप्टलाई सम्भिmन्छौँ । तर इजिप्टमा मात्र होइन मेक्सिकोमा पनि एउटा पिरामिड छ । उक्त पिरामिडको नाम चिचेन इत्जा हो । यो पिरामिड विश्वका सात आश्चर्यमध्ये एक हो । उक्त पिरामिड माया सभ्यताकालमा बनेको बताइन्छ ।
 
उसो त मेक्सिको लागु औषध र अपराधका लागि दुनियामै कुख्यात छ । तर अचम्मको कुरा के भने यो देशमा वैधानिक रुपमा बन्दुक किन्न पाइने पसल एउटा मात्र छ । त्यसको नाम आर्म्स एण्ड एम्युनिसन्स बिक्री निर्देशनालय हो ।
 
मेक्सिकोमा आत्मरक्षा र शिकारका लागि हतियार राख्ने छुट नागरिकहरुलाई रहेको छ ।
 
– एजेन्सीको सहयोगमा

You need to login to comment.

Facebook Comments

Read More News