Welcome, Guest

सरकारले घोषणा गर्‍याे २८ सय ७ सुरक्षाकर्मीलाई शहीद

2075-10-15 / Source: www.onlinekhabar.com  /  2.6K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

१५ माघ, काठमाडौं । सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ ।
 
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो ।
 
सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रिपरिषद् बैठकले सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
 
कार्यक्षेत्रमा खटिएको अवस्थामा ज्यान गुमाएका सुरक्षाकर्मीहरुलाई शहीद दिवसको अवसर पारेर शहीद घोषणा गर्ने निर्णय निर्णय गरिएको हो ।
 
शहीद घोषणा गरिएकाहरु मध्ये सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८, सशस्त्र प्रहरीका ३१८ जना र राष्ट्रिय अनुसन्धानका २३ जना रहेका छन् ।
 
देशका लागि कर्तव्यपालनका क्रममा ज्यान दिनेहरुप्रति असमान व्यवहार भएको गुनासो आएकोले त्यसको सम्बोधनका लागि सुरक्षाकर्मीहरुलाई शहीद घोषणा गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।

You need to login to comment.

Facebook Comments

Read More News