Welcome, Guest

१४ हजार पदमा लोकसेवा खुल्दै, खरिदारदेखि उपसचिवसम्म विज्ञापनको तयारी

2075-09-01 / Source: news24nepal.com  /  5.3K 17

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं । सरकारले कर्मचारी समायोजनलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार पारेको खबर आजकाे राजधानी दैनिकले छापेकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्र्याकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको हो ।
 
समाचारकाे अनुसार माघको दोस्रो सातासम्म समायोजनको सबै प्रक्रिया सक्ने तयारी गरेको सरकारले माघको अन्तिम सातासम्म ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अन्तिम चरणमा पुर्‍याएको छ ।
 
सो कार्ययोजनाअनुसार प्रशासन, स्वास्थ्य, इन्जिनियरिङ, कृषि तथा वन, लेखापरीक्षणलगायत सबै सेवा समूहमा खरिदारदेखि सहसचिव स्तरसम्ममा नै लोकसेवा खुल्ने निश्चित भएको हो ।
 
सरकारले तीनै तहमा रिक्त दरबन्दीको प्रक्षेपण गर्दा तत्काल सबै सेवा समूहका कम्तीमा १४ हजार दरबन्दी रिक्त हुन सक्ने आँकलन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । सो प्रक्षेपणअनुसार माघ मसान्तसम्म १४ हजार पदमा लोकसेवा खुलाउने गरी कार्ययोजना तयार पारिएको सचिव थपलियाले बताए ।

You need to login to comment.

17 Comments

Dipak Mahat

on 11 Jan, 2019

thanks

Sujit Sah

on 09 Jan, 2019

Nice

sunil yadav

on 04 Jan, 2019

Good opportunity

Rohit

on 04 Jan, 2019

good opportunity

prem bahadur thapa

on 31 Dec, 2018

Ya its essential for everyone

प्रदिप पोखरेल

on 29 Dec, 2018

The good step by government

MB Marsangi Magar

on 27 Dec, 2018

thanks

Ishwor Bhattarai

on 23 Dec, 2018

b

Pramodh

on 22 Dec, 2018

Thanks Thanks

tej chand

on 21 Dec, 2018

good

Kumar Paudyal

on 18 Dec, 2018

yes.yes.yes..iam so happy....minimun qualification vannu vako sathi...khardar..10 pass n nayab subba 12 pass..officer..baechlor pass..la decide garnu

Jitendra Sinha

on 18 Dec, 2018

Congratulation government of Nepal.

Surat Singh

on 18 Dec, 2018

न्युनतम योग्यता कति होला

Surat Singh

on 18 Dec, 2018

न्युनतम योग्यता कति होला

Diwakar Basaula

on 17 Dec, 2018

ok

Bauaa prasad yadav

on 17 Dec, 2018

ok

kamala subedi

on 17 Dec, 2018

yes very good

Facebook Comments

Read More News