Welcome, Guest

एक दिन पनि टिकेन सरकारी निर्णय - ३० हजार कर्मचारी हटाइँदै

2075-04-02 / Source: ekantipur.com  /  7.9K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

श्रावण २, २०७५ - विभिन्न सरकारी कार्यलयमा रहेका अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारी आजदेखि पुन: काममा फर्कने भएका छन् ।  मुलुक संघीय संरचनामा गएसँगै सरकारले अस्थायी कर्मचारीलाई हिजोदेखि लागु हुने गरि हटाउने तयारी गरेको थियो ।
 
तर  हाजिरी गर्न नपाएका हजारौँ कर्मचारी पुर्नवहालीको माग गर्दै संर्घषमा उत्रिएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । सयौँ कर्मचारीले सामान्य प्रशासन मन्त्रालयमा हिजो धर्ना र विरोध गरेका थिए । मुख्य सचिव लोकदर्शन रेग्मीले अस्थायी करार र ज्यालादारीका कर्मचारीलाई असोजसम्म काम गर्न सबै मन्त्रालयका सचिवलाई निर्देशन दिएपछि उनीहरु आजबाट काममा फर्किन लागेका हुन्।
 
काठमाडौंका विभिन्न कार्यलयमा १३ हजार कर्मचारीहरु सवारी चालक, कुचीकार, कार्यलय सहयोगी, र कम्प्युटर अपरेटरका रुपमा कार्यरत छन् । अस्थायी कर्मचारीहरु हटाउँदा मन्त्रालय विभाग र अन्य सरकारी निकायको काम कारवाही नै प्रभावित हुने भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो । 

 


You need to login to comment.

Facebook Comments

Read More News