Welcome, Guest

डा. देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राखियो

2075-03-05 / Source: onlinekhabar.com  /  1.9K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

५ असार, काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले जनाएको छ ।
 
क्यान्सर रोगबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु सोमबार साँझ नै न्यूरो अस्पताल पुगेका थिए ।
सोमबार साँझदेखि नै अस्पतालमा सर्वसाधारण र शुभेच्छुकहरुको भिड लागेको थियो । त्यो भिड मंगलबार बिहान पनि कायमै छ ।
 
 
 
दिवंगत डा. देवकोटालाई ढाका टोपी लगाइदिइएको छ । जयश्रीराम लेखिएको पहेंलो वस्त्र ओढाइएको छ । पार्थिव शरीरलाई फूलैफूलले सजाइएको टेबुलमाथि राखिएको छ । पार्थिव शरीर राखिएको स्थानसँगैको भित्तामा पनि फूलैफूलको बीचमा डा. देवकोटा हाँसीरहेको ठूलो फोटो झुन्ड्याइएको छ ।
 
 
देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
 
देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पताल प्रशासनले जनाएको छ ।
 
 
 
पित्तथैलीको क्यान्सरको बेलायतमा प्रारम्भिक उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको न्यूरो अस्पतालमा उपचाररत थिए । डा. देवकोटाकै चाहनाअनुसार गत हप्ता उनलाई गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

You need to login to comment.

Facebook Comments

Read More News