Welcome, Guest

‘एसईईको नतिजा असार १० भित्रै’

2075-03-03 / Source: onlinekhabar.com  /  5.2K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

३ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसईई परीक्षाको नतिजा एक साताभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।
 
अहिले एसईई परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने र रुजु गर्ने काम भइरहेको छ ।
 
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले अनलाइनखबरसँग भने, ‘हामी नतिजा सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छौं । असार १० गतेभित्रै रिजल्ट आउँछ ।’
 
प्राविधिकतर्फको नतिजा पनि सँगै प्रकाशित गर्ने योजना बनाइरहेको रेग्मीले बताए । यसअघि प्राविधिक विषयहरुको नतिजा ढिला प्रकाशित हुन्थ्यो । प्राविधिकअन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
 
चैत ८ गतेबाट सञ्चालित यस वर्षको एसईई परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ जना विद्यार्थी सहभागी भएका थिए ।
 
केन्द्रले परीक्षा लिने र नतिजा प्रकाशित गर्ने यो अन्तिम पटक हो । किनभने सरकारले कक्षा १० सम्मको परीक्षा सञ्चालनको जिम्मा अब प्रदेश तहलाई दिइसकेको छ ।

You need to login to comment.

1 Comments

Niranjan Yadav

on 17 Jun, 2018

Very Good

Facebook Comments

Read More News