Welcome, Guest

निमावि र माविको खुल्ला विज्ञापन, दुवैमा गरी २७ सय पद

2075-03-02 / Source: edukhabar.com  /  22.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

भक्तपुर - प्राथमिक तहको विज्ञापन खोलेको भोलिपल्ट शिक्षक सेवा आयोगले निम्न माध्यमिक र माध्यमिक तहको पनि खुल्ला विज्ञापन गरेको छ । आयोगका अध्यक्ष ताना गौतमका अनुसार निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ गरी २ हजार ७ सय ४३ पदमा विज्ञापन गरिएको हो ।
 
असार ३१ गते सम्म फारम भर्ने गरी तय गरिएको उक्त विज्ञापन अन्र्तगत माविको परीक्षा असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते हुने छ ।
 
दरखास्त फाराम बुझाउने अन्तिम मिति २०७५ असार ३१ गतेसम्ममा १८ वर्ष उमेर पूरा भई ४० वर्ष ननाघेको स्थायी लाईसेन्स भएका उम्मेद्वारले फारम भर्न पाउने छन् । तर सम्बन्धित तहमा कार्यरत राहत शिक्षकलाई उमेरको हद लाग्ने छैन ।
 
हेर्नुहोस् माविको विज्ञापन
 
 
हेर्नुहोस् निमाविको विज्ञापन
 
 
शिक्षा विभागले उपलब्ध गराएको २०७२ असोज ३ पछि २०७४ फागुन मसान्त सम्मको रिक्त दरबन्दी बिवरणका अधारमा आयोगले विज्ञापन गरेको हो ।
 
२०७२ साल पछि मावि र निमाविको खुल्ला विज्ञापन पहिलो पटक भएको हो । प्राथमिक तहमा ६ बर्ष पछि बल्ल विज्ञापन भएको हो । यस अघि प्राविको विज्ञापन २०६९ सालमा भएको थियो ।

 


You need to login to comment.

Facebook Comments

Read More News