Welcome, Guest

राष्ट्र बैंकले नयाँ नियम ल्यायो, बैंकको सञ्चालक र सीईओ बन्न योग्यता कति चाहिन्छ ?

2075-01-13 / Source: aarthiknews.com  /  6K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं, वैशाख १२ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी नियममा संशोधन गरेको छ ।
 
Eco Roofing
राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनमा भनिएको छ–‘यस बैंकबाट क, ख, ग, र घ वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको ‘बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिमा लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली,२०७४’ को विनियम ३ को खण्ड (ख) को उपखण्ड (इ) मा उल्लिखित साविकको व्यवस्थाको सट्टामा स्नातक वा सो सरह उपाधि हासिल गरेको’ भन्ने उल्लेख गरेको छ ।
 
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको बाफिया दफा २९ को उपदफा ५ को खण्ड (क) मा स्पष्ट रुपमा बैंक तथा वित्तीय संस्थाको कार्यकारी प्रमुख बन्नको लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने प्रावधान राखेको थियो ।
 
त्यस्तैगरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको बाफिया दफा २९ को उपदफा ५ को खण्ड (ख) मा स्नातकोत्तर उपाधि हासिल नगरे पनि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा १० वर्षको कार्य अनुभव हासिल गरेको व्यक्ति बाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको कार्यकारी प्रमुख बन्न पाउने व्यवस्था रहेको थियो ।
 
त्यस्तैगरी राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाको कार्यकारी प्रमुख बन्नको लागि चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तीमा तीन वर्षको कार्य अनुभव हासिल गरेको व्यक्ति हुनुपर्ने भनि बाफियामा उल्लेख छ ।
 
बाफियाअनुसार बैंक, विकास बैंक वा फाइनान्स कम्पनीको सञ्चालकको पदमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ ।
 
स्नातक उपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा ३ बर्ष काम गरेको योग्यता र कार्यअनुभव भएको व्यक्ति पनि सञ्चालक बन्न सक्ने व्यवस्था रहेको छ ।
 
कार्यअनुभव नभए पनि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न सक्ने राष्ट्र बैंकले निर्णय गरेको छ ।
 
बाफियामा लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा नियुक्त हुन विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृतस्तरमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति हुनुपर्नेछ ।
 
अनुभव नभए पनि १० जोड दुई वा प्रविणता प्रमाणपत्र तह वा माध्यमिक तह (कक्षा १२ सम्म) उत्तीर्ण गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा दुई वर्ष काम गरेको व्यक्ति पनि लघुवित्त वित्तीय संस्थाको सञ्चालक बन्न पाउने छन् ।
 
५ को खण्ड (ख) मा कम्तीमा १० वर्षको अनुभव भएको हुनपर्ने उल्लेख रहेको छ । बाफियामा खण्ड (ख) लाई राष्ट्र बैंकले मान्यता दिनु भनेको बैंक तथा संस्थामा संस्थागत सुशानलाई प्राथमिकता नदिएको अधिवक्ता अमृत खरेलले बताए । नेपालका बैंक तथा वित्तीय संस्थाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनुपर्नेमा राष्ट्र बैंकको प्रतिगामी निर्णयले गर्दा समग्र वित्तीय क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउन सक्नेसमेत अधिवक्ता खरेलले चिन्ता व्यक्त गरे ।
 

You need to login to comment.

Facebook Comments

Read More News