Welcome, Guest

नोबेलपछिको दोस्रो ठूलो पुरस्कार नेपाली मूलका पाठकलाई

2075-01-09 / Source: onlinekhabar.com  /  6.4K 5

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

९ वैशाख, काठमाडौं । क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कारपछिको दोस्रो ठूलो मानिने अवार्ड अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुर्याएबापत पाठकलाई प्रदान गर्न लागिएको हो ।
 
४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक नेपाली मूलका पहिलो अर्थशास्त्रीसमेत हुन् ।
 
 
अमेरिकन इकोनोमिक एशोसिएसनले अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा प्राध्यापक रहेका ३७ वर्षे पाठकको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको जनाएको छ । इकोनोमिक एशोसिएसनले सार्वजनिक विद्यालयकाे शिक्षा प्रणाली सुधार गर्न पाठकले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गरेकाे छ ।
 
सन् १९८० मा जन्मिएका ३७ वर्षीय पाठक बुबाआमा काठमाडौंबाट अमेरिकाको न्यूयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् ।
 
‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र विषयमा विद्यावारिधी गरे । सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए । त्यहाँ नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि उनले अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।

You need to login to comment.

5 Comments

Samir Shahi

on 22 Apr, 2018

congress

Samir Shahi

on 22 Apr, 2018

congress

Aakash Grg

on 22 Apr, 2018

A big contrats to u sir all nepali people hope u

pratima lamichhane

on 22 Apr, 2018

congress

Hari Harimijar

on 22 Apr, 2018

congress

Facebook Comments

Read More News