Welcome, Guest

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘माइन्ड डिभाइस’ जडान, अपराधी भाग्न नपाउने

2075-01-06 / Source: news24nepal.com  /  2.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अध्यागमनमा ‘माइन्ड डिभाइस’ जडान गरिएको छ । प्रहरी खोजीमा रहेका व्यक्तिलाई भाग्न नदिन अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा नेपाल प्रहरीले सो डिभाइस जडान गरेको हो । प्रहरीले बिहीबारदेखि विमानस्थल र भैरहवाको अध्यागमनमा डिभाइस जडान गरेको हो ।
 
डिभाइसले प्रहरी खोजीमा रहेका, रेडकर्नर नोटिस जारी भएका व्यक्तिको पासपोर्टलाई ‘रिड’ गर्छ । यसअघि कुनै व्यक्तिलाई पक्राउ गर्न वा आवजावतमा रोक लगाउन प्रहरीले अध्यागमनलाई पत्र मात्र काट्ने गरेको थियो । सोही पत्रलाई अध्यागमनले आफ्नो डाटामा राख्ने गरेको थियो । त्यसरी काम गर्दा प्रभावकारी नभएको र अपराधीहरू सहजै विमानस्थलबाट आवतजावत गर्ने भएकाले प्रहरीले उक्त डिभाइस जडान गरेको हो ।
 
पहिलो चरणमा त्रिभुवन विमानस्थल र भैरहवा नाकाको अध्यागमनमा डिभाइस जडान गरिएको र यसलाई विस्तारै सबै अध्यागमनमा जडान गर्ने प्रहरीको तयारी छ । डिभाइसले नक्कली पासपोर्ट तथा इन्टरपोलको रेडकर्नर नोटिसमा रहेका व्यक्तिको विवरण पत्ता लगाउन सहयोग प्रहरीको विश्वास छ ।

You need to login to comment.

Facebook Comments

Read More News