Welcome, Guest

लोकसेवा सफल हुने तरिका : महत्वपूर्ण ३ जना लोकसेवा शिक्षकहरुको टिप्सहरु

2074-12-21  /  21.5K 4

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

पछिल्लो समयमा लोकसेवाप्रति युवाहरुको आकर्षण बढ्दो छ । केही वर्ष यता लोकसेवामा भिँड्ने विद्यार्थी संख्याको अनुपातले देखाएको कुरा हो । हरेक वर्ष प्रतिस्पर्धाको रेखा लम्बिँदै गएको हामीले पाएका छौँ । उसो त लोकसेवा जितेर जागिर खानु चानचुने कुरा होइन ।
 
अझ पहिलो पटक तयारी गर्नेहरुका लागि त फलामको चिउरा चपाए जत्तिकै मुस्किल हुने अनुभव कक्षामा विद्यार्थीहरुले सुनाउँछन् । हुन त सजिलो के छ रु कडा मेहनत नगरी लोकसेवाको परीक्षा नदिँदा पनि हुन्छ ।
 
टोकराज पाण्डे, लोकसेवा शिक्षक
लरोतरो तयारीले पास हुन सकिन्न । डटेरै लाग्ने हो भने त्यति गाह्रो कुरा पनि होइन । कति विद्यार्थीले लोकसेवामा असाध्यै चासो र रहर देखाउँदा देखाउँदै पनि हरेक पटक फेल हुन्छन् । इच्छा शक्तिले मात्र पनि परिक्षा कटाउन सकिन्न ।
 
पढ्ने कुराहरु धेरै नै हुन्छन् तसर्थ पढ्न जान्नुपर्छ । बढी समय पनि दिनुपर्छ । औसतमा दैनिक ४ देखि ५ घण्टासम्म पढ्नैपर्छ नत्र पढेर भ्याइँदैन । अर्को कुरा पढाइमा निकै लगाव हुनु आवश्यक छ । बाध्यात्मकारी हिसाबले पढ्नु हुँदैन । रमाइलो मानेर पढ्नुपर्छ । रमाइलो मानिएन भने बीचैमा पढाइ छोँडौ–छोडौँ लाग्ने पनि हुन जान्छ । पढ्ने कुराहरु धेरै हुने हुँदा अलि अनुभवि शिक्षकहरुले सिफरिस गरेका किताबहरु मात्र पढौँ नत्र आवस्यक कुराहरु छुट्न सक्छन् । त्यस्तै सरसर्ती पढ्ने मात्र होइन पढ्दै–लेख्दै गर्ने बानी बसालेमा तयारी प्रभावकारी बन्न सक्दछ ।
 
——————————————————————–
 
बेद भण्डारी, लोकसेवा शिक्षक
केहि वर्ष यता लोकसेवामा भिँड्ने विद्यार्थीको संख्या ह्वात्तै बढेको देखिएको छ । पछिल्ला केहि वर्षहरुमा भन्दा यस वर्षका लोकसेवा तयारी कक्षाहरुमा बढ्दो विद्यार्थी संख्याले पुष्टि गरिरहेको छ ।
 
यसलाई राम्रै मान्नुपर्दछ, युवाहरुले स्वदेशमै केहि गर्ने चासो देखाएका छन् । लोकसेवा सोचेजस्तो सहज त छैन तर यसप्रतिको लगाव र झुकाव बढाउन सकिएमा पास गर्न सकिन्छ ।
 
कति विद्यार्थी कडाभन्दा कडा मेहनत गरेर तयारी गरिरहँदा पनि पास हुन सक्दैनन् कोही कम मेहनतमा पनि एकै पटकमा पास भएका थुप्रै उदाहरणहरु छन् । यसको एउटै कारण हो पढ्ने तरिका । तरिका मिलाएर पढ्नु पर्दछ । अन्धाधुन्धमा तयारी गरेर हुने कुरै होइन । पढ्दा जहिलेपनि सुत्रहरु बनाएर पढ्नुपर्दछ । दिनहुँ ३ देखि ४ घण्टा समय निकाल्नै पर्छ पढ्ने कुराहरु धेरै हुन्छन् । विभिन्न फर्मयाटहरु बनाएर पढ्दा पनि तयारी प्रभाकारी बन्दछ । मरिमेटेर घोक्दै पढेर मात्र पनि हुँदैन पढेका कुराहरुलाइ चिन्तन–मनन गर्नु पनि पर्दछ । फुर्सद पाउने बित्तिकै पढेका कुराहरुलाइ मस्तिष्कमा खेलाउनु पर्दछ यसो गर्नाले पढेका कुराहरु विर्सिंदैन दिमागमा सेट भइरहन्छन् । सँधै सकरात्मक हुुनुपर्दछ । पढ्दै भविष्यमा पास भइ कार्यालयबाट सेवाग्राहीहरुलाइ सेवा गरिरहेको भिज्वलाइज गर्ने । यसो गर्नाले भित्रैबाट पढ्ने इच्छाशक्ति पलाएर आउँछ । प्रभावकारी तयारीमा अझ सघाउ पुग्छ ।
 
———————————————————————-
 
तोयानाथ अधिकारी, लोकसेवा शिक्षक
लोकसेवा निस्पक्ष प्रतिस्प्रधा हो भन्ने जनविश्वासका कारण पनि होला यसप्रतिको चासो बढिरहेको छ । लोकसेवामा भिँड्नेहरुमा विदेशबाट फर्किनेहरुदेखि लिएर निजी संस्थाहरुमा गरिरहेको जागिर त्याग्नेहरुसम्मका विद्यार्थीहरु छन् । लोकसेवा रहर र करको भरमा मात्र तयारी गर्दैमा पास हुन सकिने कुरा होइन ।
 
निकै गाह्रो छ । धेरैजसो विद्यार्थीहरु घोकाइतर्फ केन्द्रित हुन्छन् । घोकेर मात्र हुँदैन विषयहरु मजाले पढेर बुझेर तयारी गर्दा राम्रो हुन्छ । एक –एक कुराहरु केलाएर पढ्नुपर्दछ । लरोतरो हिसावमा पढ्न थालियो भने जतिपटक परीक्षा दिए पनि पास भइँदैन । तयारी गर्दा जहिलेपनि एउटै स्रोतमा भर पर्नु पनि भएन अहिले मल्टीमिडियाको जमाना छ तयारी गर्न सजिलो छ । धेरै स्रोतहरु जुटाएर पढ्दा सकस कम र बढि प्रभावकारी हुन्छ । लगातार पढेर मात्र हुँदैन बेलाबखतमा आफैले आफ्नो परीक्षा लिनु पर्दछ । केहि प्रश्नहरु तयार पार्ने अनि जवाफ लेख्ने ।
 
त्यस्तै परीक्षा तयारी पढ्ने भनदा लेख्ने बानी बढी प्रभावकारी हुन्छ । १ घण्टा पढ्ने ३ घण्टा लेख्ने गर्नुपर्दछ । पढ्दै–लेख्दै गरेका कुरा कहिल्यै बिर्सिदैन । बढी पढ्दैमा बढी प्रभावकारी हुने हल्ला पनि गलत हुन् । दैनिक कति पढ्ने भन्ने कुरा त क्षमतामा भर पर्ने कुरा हो । सबैको क्षमता समान हुँदैन ।
 
कोही एक घण्टाको तयारीमा पनि पास हुन्छन् कसैलाइ दैनिक दश घण्टाको तयारीले पनि पुग्दैन । तसर्थ आफ्नो क्षमता पहिचान गरेर परीक्षा तयारी गरे फलदायी होला ।

You need to login to comment.

4 Comments

Sunil Magar

on 24 Apr, 2018

Thank You Sir

Md Mustak Khan

on 08 Apr, 2018

thans

Aryan Bade

on 05 Apr, 2018

bi.ni.tayarika lagi pani kehi tips chha ki?

lokendra shahi

on 04 Apr, 2018

great tips.

Facebook Comments

Read More News