Welcome, Guest

भारतको प्रतिष्ठित पद्मश्री पुरस्कार डा. रुइतलाई प्रदान

2074-12-21 / Source: hamrodoctornews.com  /  3.5K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं, २० चैत । बरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले पद्मश्री पुरस्कार प्रदान गरेको छ ।  सोमवार भारतको राष्ट्रपति कार्यालयमा विशेष समारोहका बीच भारतीय राष्ट्रपति रामनाथ केविदले डा. रुइतलाई पद्मश्री पुरस्कार प्रदान गरेका हुन् ।   
 
डा. रुइतले विकास गरेको इन्ट्राअकुलर लेन्स विश्वभरी नै लोकप्रिय छ । मोतीविन्दुको अपरेशनपछि आँखामा लगाउने यो लेन्स पहिले निकै महँगो पर्दथ्यो । करिब १ सय अमेरिकी डलर पर्ने यो लेन्स पहिले अविकसित राष्ट्रको पहुँचभन्दा बाहिर थियो । 
 
सन् १९९७ मा डा. रुइतले नेपालमै उक्त लेन्सको उत्पादन शुरु गरेपछि ४ डलरमा उपलब्ध भएको थियो । नेपालमा उत्पादन भएको ४० लाख इन्ट्राअकुलर लेन्स विश्वभरीमा मानिसमा आँखामा राखिएको छ । 
 
सन् २००६ मा डा. रुइतले फिलिपिन्सको प्रतिष्ठित रोमन म्यागासासे पुरस्कार पाएका थिए । डा. रुइतले हरेकबर्ष नेपालका दुर्गम गाउँमा गएर आँखा शिविर समेत गर्दै आएका छन् । 
 
पद्मश्री पुरस्कार भारत सरकारले दिने चौथो ठूलो पुरस्कार हो ।
 
यसअघि पद्मश्री पुरस्कार माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले पाएकी थिइन् ।  डा. रुइत तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक समेत हुन्

You need to login to comment.

1 Comments

krishan shrestha

on 06 Apr, 2018

wow

Facebook Comments

Read More News