Welcome, Guest

माघ २०७४

2074-11-29  /  17.6K 2

माघ २०७४ को महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 
 
 
१) युवा संसद् नेपालद्वारा आयोजित ‘ग्लोवल युय पिस कन्फ्रेन्स-२०१८’ कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ पुस २९-३० (सन् २०१८ जनवरी १३-१४), काठमाडौँ
 
२) चलचित्र तथा टेलीचलचित्रलाई एकसाथ दिइने हलिउडको प्रख्यात ‘गोल्डेन ग्लोब्स अवार्ड-२०१७’ मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ? - ‘श्री बिलबोर्डस् आउटसाइड एविड’ मिजौरी’
 
३)   नेपालमा चिनियाँ इन्टरनेट कहिलेदेखि सञ्चालनमा आएको हो ? - वि. स. २०७४ पुस २८
 
४) सरकारले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय कहिले स्थापना गरेको हो ? - वि. स. २०७४ पुस २९
 
५) नेपालमा योगदिवस कहिले मनाउने गरिन्छ ? - माघ १
 
६) माघे सङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन कहाँ रहेको छ ? - नेपालको सुदूर पश्चिम
 
७) सिन्दुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोसी जलविधुत् आयोजनाको विधुत् उत्पादन क्षमता कति रहेको छ ? - १०२ मे. वा.
 
८) सरकाले सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण गर्न तथा आउँदो पुस्तालाई धुम्रपान मुक्त गर्ने उद्धेश्यका साथ सुर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति कहिले सार्वजनिक गरेको हो ? - वि. स. २०७४ पुस २८
 
९) सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङ्मा तत्कालीन राज्य पक्षद्वारा मारिएकालाई सहिद घोषणा कहिले गरेको हो ? - वि. स. २०७४ पुस २८
 
१०) नेपालको माउन्ट फुजी भनी चिनेको हिमाल कुन हो ? - मनासलु
 
११) त्रिमुर्ति निकेतनद्वारा वि. स. २०७४ मा प्रदान गरिने लेखनाथ काव्य पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मुकुन्द शर्मा (पुरस्कार राशि ५० हजार रुपियाँ)
 
१२) चीनको नानिङ् महानगरसँग हालै भगिनी सम्बन्ध कायम भाएको नेपालको महानगर कुन हो ? - पोखरा-लेखनाथ, २०७४ पुस २७ (सन् २०१८ जनवरी ११)
 
१३) नेपालमा पहिलोपटक राष्ट्रिय आर्थिक गणना कहिलेबाट सुरु गरिनेभएको छ ? - वि. स. २०७५ वैशाख १
 
१४) विश्व बैङ्कद्वारा सन् २०१८ जनवरी ९ मा सार्वजनिक  विश्व आर्थिक परिदृश्य-२०१८ अनुसार आ.व. २०७४/२०७५ मा नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण छ ? - ४.६ प्रतिशत
 
१५) निर्माण थालनी भएको झन्डै १० बर्षपछि चमेलिया जलविधयुत आयोजनाबाट व्यावसायिक उत्पादन कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ पुस २८ 
 
१६) सन् २०१७ मा नेपालमा धेरै पर्यटक आगमन भएका प्रमुख पाँच राष्ट्र कुन-कुन हुन् ? - क्रमस: भारत, चीन, अमेरिका, वेलायत र श्रीलंङ्का
 
१७) नेपालमा भुकम्प सुरक्षा दिवस कहिले मनाइन्छ ? - माघ २
 
१८) भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको कतिऔँ स्थानमा रहेको छ ? - ११ औँ
 
१९) सरकारले सातवटै प्रदेशमा प्रदेश-प्रमुखको नियुक्ति कहिले गरेको हो ? - वि.स. २०७४ माघ ३
 
२०) विधालय उमेरका बालबालिकाको अन्तर्राष्ट्रिय सम्मेलन हालै सम्पन्न भयो ? - काठमाडौँ (वि.स. २०७४ पुस १४-१६)
 
२१) नेपालको पहिलो नि:शुल्क वाइफाई जिल्ला कुन हो ? - म्याग्दी
 
२२) VOIP को पूरा रुप Voice Over Internet Protocal हो भने HTML को पूरा रुप के हो ? - Hyper Text Markup Language
 
२३) अन्तर्राष्ट्रिय न्यायालय (International Court of Justice) मा कति न्यायाधीश रहने व्यवस्था छ ? - १५
 
२४) नेपाली सेना कहिलेदेखि सयुंक्त राष्ट्रसङ्घीय शान्ति सेनामा सहभागी हुँदै आएको छ ? - सन् १९५८
 
२५) प्रशान्त महासागर त्रिभुज आकारको छ भने आन्ध्र महासागर कुन आकारको छ ? - क
 
२६) जुनारका लागि प्रसिद्ध जिल्ला सिन्धुली हो भने छालाका लागि प्रसिद्ध जिल्ला कुन हो ? - दैलेख
 
२७) विश्वको सबैभन्दा ठुलो जलविधुत् आयोजना कुन हो ? - थ्री गर्जेज (चीन)
 
२८) अन्तर्राष्ट्रिय श्रमिक दिवस कहिले मनाउने गरिन्छ ? - मे १
 
२९) वि.स. २०७४ माघ ११ गते मन्त्रिपरिषद् बैठकले देशका कति स्थानमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ? - ७
 
३०) रार्ष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित राखेप च्याम्पियनसिपमा कति खेल समावेश गरियो ? - २९
 
३१) एसियाली चिकित्सा विधार्थी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले सम्पन्न भयो ? - वि.स. २०७४ माघ ८-१२, काठमाडौँ
 
३२) हाल पूर्ण साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ? - ३९
 
३३) ‘सोच्नु राम्रो हो, कुरा गर्नु त्योभन्दा राम्रो हो तर सबैभन्दा राम्रो काम गर्नु हो’ भन्ने विचारक को हुन् ? - इमरसन
 
३४) इन्टरनेट प्रविधिमा LAN को पूरा रुप Loal Area Network हो भने WAN को पूरा रुप के हो ? - Wide Area Network
 
३५) इनर्जी डेभलपमेन्ट काउन्सिल (ईडीसी) द्वारा आयोजित ‘नेपाल पावर इन्भेस्टमेन्ट समित-२०१८’ कहिले सम्पन्न भयो ? - वि.स. २०७४ माघ १३-१५ (काठमाडौँ)
 
३६) मानव अङ्ग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी के नामकरण गरिएको छ ? - धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र
 
३७) नेपालमा शहीद दिवस कहिले मनाउने गरिन्छ ? - माघ १६
 
३८) सरकारले बाँदरमुढे घटनामा मारिएका सहित ५६ जनालाई शहीद घोषणा कहिले गरेको हो ? - वि.स. २०७४ माघ ११
 
३९) सरकारले नेसनल ट्रेडिङ् लिमिटेडलाई खारेज गर्ने निर्णय कहिले गरेको हो ? - वि.स. २०७४ माघ १५
 
४०) हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवम् औषधि खर्च बापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ? - रु. दुई हजार (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च एक हजार)
 
४१) अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ? - जनवरी २६
 
४२) हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ? - मुन्धुम पदमार्ग
 
४३) भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित् पदक ‘पदमश्री’ बाट सम्मानित हुने नेपाली चिकित्सक को हुन् ? - डा. सन्दुक रुइत् (सन् २०१८)
 
४४) छालाका लागि प्रसिद्ध स्थान दैलेख हो भने राडीपाखीका लागि प्रसिद्ध स्थान कुन हो ? - बाग्लुङ्
 
४५) दुई नदी मिल्ने स्थानलाई दोभान भनिन्छ भने तीन नदी मिल्ने स्थानलाई के भनिन्छ ? - त्रिवेणी
 
४६) साहित्यकार मनू बाजाकीको निधन कहिले भएको हो ? - वि.स. २०७४ माघ १९
 
४७) राष्ट्रिय फोटो पत्रकार समूहद्वारा आयोजित् अन्तर्राष्ट्रिय प्रिन्टिंङ् एन्ड फोटोग्राफी एक्स्यो कहिले र काहाँ सम्पन्न भयो ? -  वि.स. २०७४ माघ १९-२१
 
४८) सरकारले वि.स. २०७४ माघमा निर्धारण गरेको नयाँ मर्यादाक्रम अनुसार प्रदेश सभा सदस्य कतिऔँ स्थानमा रहेका छन् ? - १४औँ
 
४९) नेपालको कुन ठाउँमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय स्थापना गरिएको छ ? - पोखरा
 
५०) राजनीतिक सङ्कट गहिरिदै गएपछि माल्दिभ्समा सङ्कटकाल घोषणा कहिले गरियो ? - सन् २०१८ फेबुअरी ५
 
५१) वि.स. २०७४ माघ २२ को मन्त्रिपरिषद्ले सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद कति थप गरेको छ ? - एक बर्ष
 
५२) वि.स. २०७४ माघमा पोखरामा सम्पन्न आहा रारा गोल्डकप प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल पुलिस क्लब (उपबिजेता : थ्रिस्टार)
 
५३) सन् २०१८ मा न्युजिल्यान्डमा सम्पन्न आईसीसी यु-१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - भारत (उपबिजेता : अस्ट्रेलिया)
 
५४) वि.स. २०७४ माघमा सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? - थ्रिस्टार (उपबिजेता : मनाङ् मस्र्याङ्दी)
 
५५) बनेपा-सिन्धुली-बर्दीवास सडकको लम्बाई कति रहेको छ ? - १६० कि.मि.
 
५६) सरकारले ओलम्पिक खेलमा सहभागी हुने खेलाडी र अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिने निर्णय कहिले गरेको हो ? - वि.स. २०७४ माघ ११
 
५७) वि. स. २०७४ माघ २६ को मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार नेपाली सेनाको मानार्थ सहायक रथी सम्मानबाट सम्मानित हुने स्रष्टा को हुन् ? - राष्ट्रकवि माधवप्रसाद घिमिरे
 
५८) प्रधान सेनापति खुला म्याराथन-२०७४ को उपाधि जित्ने धावक को हुन् ? - नेपाली सेनाका कृष्ण बस्नेत
 
५९) २३औँ शीतकालीन ओलम्पिक खेलकुदको आयोजना कहाँ गरियो ? - दक्षिण कोरियाको प्योङ्चाङ् (सन् २०१८ फेबुअरी ९-२५)
 
६०) ३० मेगावाट क्षमाताको चमेलिया जलविधुत् आयोजनाको औपचारिक रुपमा उद्घाटन कहिले गरियो ? - वि. स. २०७४ माघ २७
 
६१) नेपाल वायुसेवा निगमले चीनबाट ‘एमए-६०’ र ‘वाई १२ ई’ नामक जहाज कहिले ल्याएको हो ? - वि. स. २०७४ फागुन १
 
६२) देशकै पहिलो मुख्यमन्त्रीका रुपमा नियुक्त राजनीतिकर्मी को हुन् ? - डोरमणि पौडेल
 
६३) जलावायु परिवर्तन सम्बन्धी महासन्धि अन्तर्गत अतिकम विकसित मुलुक (एलडीसी) को विज्ञ समूहको अध्यक्षमा नेपालका तर्फबाट सन् २०१८ फेबुअरीमा को निर्वाचित भएका छन् ? - नरेश शर्मा
 
६४) नेपालमा पहिलो चिया गणना कहिले सुरु गरियो ? - वि. स. २०७४ माघ २५
 
६५) वि. स. २०७४ माघ  मसान्तसम्म   साक्षर घोषित हुने जिल्लाको सङ्ख्या कति पुगेको छ ? - ४३
 
६६) वल्ड इकोनोमिक फोरमद्वारा सन् २०१८ मा सार्वजनिक समावेशी विकास सूचकाङ्कमा नेपाल कतिऔँ स्थानमा रहेको छ ? - २२औँ
 
६७) नेपालसँग दोहोरो करमुक्ति सम्झौता भएका देश कति रहेको छन् ? - ११   
 
 
 

You need to login to comment.

2 Comments

Durga Acharya

on 14 Mar, 2018

thank

Durga Acharya

on 14 Mar, 2018

thank

Facebook Comments

Read More News