Welcome, Guest

शिक्षा मन्त्रालयको नाम परिवर्तन

2074-11-11 / Source: edukhabar.com  /  11.2K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं - शिक्षा मन्त्रालयको नाम परिवर्तन गर्ने सरकारले निर्णय गरेको छ । अब शिक्षा मन्त्रालयको नाम शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय रहने छ । संघीय सरकारमा मन्त्रालयको संख्या घटाउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले मन्त्रालयको संख्या ३० बाट घटाएर १८ मा झार्दा शिक्षा मन्त्रालयमा अन्य मन्त्रालय समेत गाभिएको हो ।
 
२५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाइने संवैधानिक ब्यवस्थाका कारण सरकारले मन्त्रालयको संख्या घटाउन एक आपसमा गाभेको हो । गाभिएका मन्त्रालयका कर्मचारी कसरी मिलाउने भन्ने तय भई नसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
 
सरकारले कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभेर कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय बनाउने निर्णय गरेको छ । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बनाईएको छ । सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाईएको छ । यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बनाईएको छ । महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ । संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ ।
 
विभिन्न समयमा गठन भएका प्रशासन सुधार आयोग तथा समितिले मन्त्रालयको संख्या धेरै बनाएर आर्थिक बोझ बढेको भन्दै मन्त्रालयको संख्या घटाउन सुझाव दिए पनि दलहरुले राजनीतिक गठजोड मिलाउँदै सत्ता टिकाउने खेल जारी राख्दा मन्त्रालय फुटाउने क्रम बढेको थियो ।
 
प्रधानमन्त्री कार्यालयका अनुसार अब संघीय सरकार अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सहित उल्लेखित मन्त्रालय रहने छन् ।
 
- अर्थ मन्त्रालय
 
- उद्योग वाणिज्य तथा आपूर्ति
 
- कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय
 
- कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय
 
- गृह मन्त्रालय
 
- जल श्रोत तथा उर्जा मन्त्रलाय
 
- परराष्ट्र मन्त्रालय
 
- वन तथा वातावरण मन्त्रालय
 
- भौतिक पूर्वाधार तथा यातायात
 
- महिला बालबालिका एवं श्रम तथा रोजगार
 
- रक्षा मन्त्रालय
 
- शिक्षा, विज्ञान, प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय
 
- संस्कृति पर्यटन, नागरिक उड्ययन मन्त्रालय
 
- स्वास्थ्य तथा जनसख्ंया
 
- शहरी विकास तथा खानेपानी
 
- सञ्चार तथा सूचना प्रविधि
 
- संघीय मामिला तथा सामान्य प्रशासन

You need to login to comment.

Facebook Comments

Read More News