Welcome, Guest

एसईई परीक्षा चैत ८ गते देखि, शनिबार पनि परीक्षा

2074-09-05 / Source: edukhabar.com  /  16.4K 7

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

भक्तपुर - यस बर्षको एसईई परीक्षा चैत ८ गते देखि हुने भएको छ । बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षाको प्रणालीमा कुनै फेरबदल नगरिएको पनि उनले बताए ।
 
'पोहोर कै जस्तो गरी परीक्षा हुन्छ' उनले भने 'सिष्टममा कुनै परिवर्तन गरिएको छैन ।'
 
शनिवार परे पनि १७ गते पनि परीक्षा हुने छ । उक्त दिन परीक्षा भएपछि साधारण तर्फका परीक्षा सकिने छन् भने प्राविधिक तर्फका परीक्षाहरु २० गते सकिने छन् ।
 
तालिका अनुसार चैत ८ गते विहीबार अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । यसै गरी सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्य तथा अनिवार्य अँग्रेजीको परीक्षा हुने छ । यस्तै चैत ९ गते शुक्रबार अनिवार्य नेपाली र गैर नेपाली विद्याथीृका लागि अँग्रेजीको परीक्षा हुने छ । चैत १० गते शनिबार र ११ गते चैते दशैं परेकोले यी दुई दिन भने परीक्षा हुने छैन ।
 
चैत १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्उ संस्कृत ब्याकरण र अनुवादको परीक्षा हुने छ । १४ गते अनिवार्य तर्फ सामाजिक अध्ययन*, प्राविधिक तर्फ फार्म म्यानेजमेण्ट, मार्केटिङ्, ईञ्जिनीयरिङ्, ड्रईङ्, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने कार्यालयले जनाएको छ ।
 
यसैगरी १५ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रम तर्फ वेद वा नीति शास्त्र, प्राविधिक तर्फ ऐच्छिक प्रथमका सबै विषयहरुको परीक्षा हुने छ भने प्राविधिक तर्फ एग्रिकल्चर, ईलेक्ट्रिकल म्यानेजमेण्ट, कम््प्युटर नेटवर्किङ्, ईञ्जिनीयरिङ सर्भेईङ्को परीक्षा हुने छ ।
 
यस्तै चैत १६ गते ऐच्छिक प्रथमका सबै विषय, संस्कृत तर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रम तर्फ ऐच्छिक विषयहरु र प्राविधिक तर्फ ऐच्छिक गणितको परीक्षा हुने छ ।
 
चैत १७ गते शनिवार भए पनि परीक्षा हुने छ । यो दिन साधारण तथा संस्कृत तर्फ ऐच्छिक द्धितीयका विषयहरु, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिक तर्फ भेजिटेवल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, ईलेक्ट्रिकल ईनर्जि, डाटावेस म्यानेजमेण्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुने छ ।
 
चैत १८ गते प्राविधिक विषय तर्फ क्रप प्रोडक्सन, स्मल रुमेण्ट प्रोडक्सन एण्ड म्यानेजमेण्ट, ईलोक्ट्रिोनिक्स डिभाईस एण्ड सर्किट, वाटर रिसोर्सेस र ईञ्जिनीयरिङ्को परीक्षा हुने छ ।
 
चैत १९ गते प्राविधिक विषय तर्फ नै एनिमल हेल्थ, ईलेक्ट्रिकल मेसिन, माईक्रो प्रोसेस, हाईवे ईञ्जिनीयरिङ्, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेण्टको परीक्षा हुने छ ।
 
र अन्तिम दिन चैत २० गते प्राविधिक तर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेण्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, ईण्ड्रष्ट्रियल ईन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ्, ईष्टिमेटिङ् कस्टिङ् एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, संगीत, वाद्यबादन र नृत्यको परीक्षा हुने कार्यालयले जनाएको छ ।    
 
परीक्षा विहान ८ बजे देखि ११ बजे सम्म हुने छ ।

You need to login to comment.

7 Comments

Niranjan Yadav

on 18 Jan, 2018

राम्रो काम

Sushil Yadav

on 25 Dec, 2017

11 class को exam केहीले देखि सुरु छ sir

जीबन सुनाम

on 21 Dec, 2017

संम्बन्धित पोहोर साल कै परिक्षा केन्द्र मा हो कि see दिने केहि फेर बदल होला

Surendra Kumar Mandal

on 20 Dec, 2017

aajhe see ko information aaun baki chh ke hajer sir

Madan Budhathoki

on 20 Dec, 2017

तर नि सम्वन्धित विद्यालय ले हो की कहले सञ्चालन गर्ने??

सुमन भाट

on 20 Dec, 2017

sanibar pani exam

सुमन भाट

on 20 Dec, 2017

kna hoo sir yesto aanya

Facebook Comments

Read More News