Welcome, Guest

स्वास्थ्य लोकसेवाका लागि महत्वपुर्ण अन्तरबार्ता टिप्सहरु

2074-07-19 / Source: janaswasthyakhabar.com  /  12K 8

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

रमेश कुँवर, १९ कर्तिक। तपार्इ को नाम निस्किने वा ननिस्किने भन्ने कुरा धेरै हदसम्म लिखित परिक्षा ले निर्धारण गरिसकेको हुन्छ लिखित परीक्षा ठिक ठिकै गरेर अन्तिम तिर नाम निस्किय को होला भन्ने जस्तो लाग्छ भने नआतिन्नु,अन्तरबार्ता राम्रो गर्नुभयो भने आफ्नो सिट सुरक्षित गर्न सक्नु हुन्छ । धेरै ले सोच्ने गर्द छन् कि जाबो अन्तरबार्ता जे मन लाग्यो त्यहि सोध्छन त्यहि भएर नपढ़िकन दिन्छु भन्नुहुछ भने बिचार गर्नुस घातक हुन सक्छ यो कुरा ले तपार्इ सफलता को मुख निर पुगेर चिप्लिन सक्नु हुन्छ । कतिपय ले सोच्छन भाग्य मा लेख्या छ भने भैहाल्ला , याद राख्नुस भाग्य ले त्यसलाई मात्र साथ दिन्छ जसले कर्मलाई आफ्नो मुख्य हतियार बनाउछ । मेरो बुझाइ मा स्वास्थ्य क्षेत्र को पाँचौ तह सम्म को  लिखित परीक्षा भन्दा मौखिक परीक्षा कठिन हुन्छ । किनकि लिखित परीक्षा मा निश्चित पाठ्यक्रम को सेरोफेरो बाट प्रशन आउछन तर मौखिक मा जताबाट पनि आउन सक्छन । मैले अन्तरबार्ता सम्बन्धि का केहि मेरा केहि भोगाई र बुझाइ लाइ दुइ भागमा विभाजन गरेको छु ।
 
१)अन्तरबार्ता भन्दा अगाडी ध्यान दिनु पर्ने कुरा
  • नियमित पाठ्यक्रम मा भएका महत्वपुर्ण कुरा हरु लाइ अध्यन गर्नुस र अध्ययन गर्ने क्रम मा आफुलाई नै प्रश्न गर्नुस र रचनात्मक रुपमा उत्तर दिने प्रयास गर्नुस।
  • महत्वपुर्ण तथ्यांक हरुलाई छुट्टै टिपोट गर्नुस र दिमाग मा राख्नुस । तथ्य संगत तर्क निकै बैज्ञानिक मानिन्छ ।
  • अन्तरबार्ता दिने पद को कार्यबिबरण लाइ सुक्ष्म तरिका ले अध्ययन गर्नुस किनकि अन्तरबार्ता मा सोधिने प्रश्न भोलि आइपर्ने ब्यबहारिक हुन्छन ।
  • आफ्ना बिगत का अनुभव को बारेमा पनि थप अध्ययन गर्न जरुरि छ किनभने अन्तरबार्ता लिने व्यक्ति ले तपाइको अनुभव बाट प्रश्न गर्न सक्ने सम्भावना धेरै रहन्छ ।
  • स्वास्थ्य क्षेत्र का समाचारहरु नियमित पढ्नुस होस् र आफ्नो सरल र सफा  बिचार बनाउनु होस्।
  • बाहिरि सामान्य ज्ञान को पनि जानकारी राख्नुस र अन्तरबार्ता हुने दिन को प्रकाशित समाचार पढेर/सुनेर जाने प्रयास गर्नु होला।
  • अन्तरबार्ता लाइ स्ट्रेस को रुपमा नलिनु होला र यो हुन् नदिनको लागि अध्ययन बाहेक अन्य विकल्प छैन ।
  • खाने,पिउने कुरा र आफ्नो स्वास्थ्य मा विशेष ध्यान दिनु होला र भोलि पल्ट अन्तरबार्ता हो भने चाहिने आवश्यक कागजात सबै तयार अवस्था मा राख्नु होला र प्रयाप्त मात्रा मा शरीर र दिमाग लाइ बिश्राम दिनुहोला र समय भन्दा अगाडी नै अन्तरबार्ता हुने स्थान मा पुग्नु होला ।
अन्तरबार्ता को बेला मा ध्यान दिनु पर्ने कुराहरु 
 
  • पर्सनालिटीमा बिचार गर्नुस: लगाएको पोशाक ,हेयर स्टायल ,जुत्ता/चप्पल देखि सबै कुरा सकिन्छ भने सरल ,सुहाउने र अफिसियल देखिने खालका लगाउनु होला किनकि मान्छे को बाहिरिदृश्य ले धेरै कुरा जनाउछ ।
  • अन्तरबार्ता हलमा प्रवेश गर्दा निर्धक्क ,हल्का स्माइल अनुहार भएर जानुस र औपचारिक आवश्यक कुराहरु गर्नुस ।   जस्तै: सर/म्याडम के मा भित्र आउन सक्छु ?,सबै जना लाइ नमस्कार,उहाहरुले बस्नुस नभन्दा सम्म नबस्ने,उहाहरुले बस्नुस भनेनन् भने सर/म्याडम मा यहाँ बस्न सक्छु जस्ता कुराहरु नम्र तरिका ले गर्नुहोस्।
  • धेरै जस्ता ठाउँमा ४ जना ले अन्तरबार्ता लिने गर्दछन र परीक्षार्थी लाइ सबै को सामुन्ने पर्ने गरि बस्ने व्यवस्था गरिएको हुन्छ र आफु सजिलो तरिका ले आरामदायी तरिकाले बस्ने ,आखा को सम्बन्ध आवश्यकता अनुसार गर्ने र आफुलाई स्वास्थ्य क्षेत्र को बिज्ञ जस्तै ठानेर मनोबल बढाउनुस।
  • सबै भन्दा पहिलो प्रश्न “तपाइको परिचय दिनुस भन्ने हुन्छ” र बिचार गर्नुहोला यो प्रश्न भित्र दुइ वटा गम्भीर कुरा हरु छन् । एउटा तपाइको बारेमा जानकारी र दोस्रो तपाइले आफुलाई छोटो समयमा कसरि परिभाषित गर्नु हुदो रहेछ भन्ने कुरा जस्तै:नाम,ठेगाना,उमेर,शैक्षिक योग्यता ,कार्याअनुभव र आफु कुन पदमा अन्तर्वार्ता दिदै हुनुहुन्छ भन्ने कुरा (आरक्षण हो भने त्यो पनि समेट्नु होला )।
  • प्रश्न लाइ ध्यान दिएर सुन्नु होस् र मुख्य के कुरा उजागर गर्न खोजेको हो त्यसको उत्तर छोटो र सरल तरिका ले दिनुहोस । प्रश्न सोध्ने मान्छे ले के सोध्न खोजेको वा के सुन्न खोजेको भन्ने कुरा बुझ्नुपर्छ।
  • तपाइले कुनै प्रश्न को उत्तर दिदा आफुलाई राम्रो ज्ञान भएको कुरा सकिन्छ भने समेटेर दिने प्रयास गर्नुस जस्तै: मानौ तपाइँ लाइ पोषण को क्षेत्र मा धेरै ज्ञान छ र तपाईलाई “नेपाल गरिब हुन का कारण हरु भन्नुस” भनेर सोध्यो भने तपाइँ बिबिध कारण भन्नु हुन्छ र नेपाल गरिब हुनको बिशेस कारण कुपोषण हो भनेर कुरा छेड्नु हुन्छ र लगत्तै अर्को प्रश्न “कुपोषण ले कसरि देश लाइ गरिब बनाउन सक्छ?” जस्ता प्रश्न आउन सक्छन् जसमा तपाइले उत्तर दिएर सजिलै आकर्षित गर्न सक्नु हुन्छ ।
  • यदि कुनै प्रश्न तपाइँ को ज्ञान भन्दा बाहिरको छ भने अनावश्यक शंका को भरमा उत्तर दिनु भन्दा “ माफ गर्नु होला यसको बारेमा मलाइ जानकारी छैन” भनेकै राम्रो हुन्छ।
  • अन्तरबार्ता मा बिशेष गरेर मान्छे को धारणा को मापन गरिने भएको ले सकिन्छ भने जे कुरा को पनि सकारात्मक तरिका ले जवाफ दिनु होला । जस्तै: ”सन् २०३० मा दिगो बिकास लक्ष्य ले कुपोषण लाइ १ मा झार्ने लक्ष्य लाखेको छ , के यो पुरा गर्न सकिन्छ ?”तपाइको उत्तर सकिदैन जस्तो नभएर यस्तो हुदा राम्रो “मेरो बिचार मा यो सकिन्छ यदि हामीले कुपोषण घटाउन धेरै श्रोत साधन पहिचान र परिचालन गर्यौ भने” भन्ने खालको हुदा राम्रो हुन्छ।
  • धेरै लाइ “तपाइँ सरकारी जागिर किन खान चाहनुहुन्छ?” भनेर सोधिन्छ : तपाइको उत्तर मा समेटिनु पर्ने कुरा:सरकारी जागिर मा मलाई लोभ्याउने धेरै पक्ष हरु छन्   
    १. मेरो कार्यबिबरण
    २. प्रत्यक्ष जनता को सेवा गर्ने अवसर
    ३. मेरो योग्यता को सहि कदर
    ४. व्यक्तिगत बिकास का अवसर हरु
    ५. सामाजिक प्रतिष्ठा जस्ता कुराहरुसमावेश गर्नु होला                                                                                                                                                                                                                                 
तपाईका उत्तर वा अभिव्यक्ति नेपाल सरकार का नीति,नियम,निर्देशिका बिपरित हुनुहुदैन।   

कुँवर  जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत हुन्।

You need to login to comment.

8 Comments

Pariksha Shrestha

on 24 Feb, 2018

dhanyawad sir

Arbind Yadav

on 24 Dec, 2017

धन्यवाद सर

Prem Panday

on 02 Dec, 2017

thanks sir

Saru Subba

on 16 Nov, 2017

thanks u so muchhhhh

Vikash Kumar

on 12 Nov, 2017

Hello

Shyam babu prasad

on 10 Nov, 2017

good tips thanks...

pawan yadav

on 06 Nov, 2017

Thanks so much accept

pawan yadav

on 06 Nov, 2017

Thank!! sir

Facebook Comments

Read More News