Welcome, Guest

प्रदेश र प्रतिनिधि सभा चुनावका लागि म्यादी प्रहरीमा आवेदन खुल्यो

2074-06-24 / Source: ujyaaloonline.com  /  7.8K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं, असोज २४ – मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावका लागि  म्यादी प्रहरीको भर्ना आवेदन खुलेको छ । मंसिर १० र २१ गते हुने भनिएको चुनावका लागि सुरक्षा नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरी भर्ना आवेदन खुलाएको हो ।

विभागका अनुसार इच्छुक र योग्यता पुगेका व्यक्तिले मंगलबारदेखि आवेदन दिन सक्नेछन् । इच्छुक व्यक्तिले आउँदो ३० गते बेलुका ५ बजेसम्म आवेदन दिन सक्ने विभागले जनाएको छ । दस रुपैयाँको टिकट टासी निवेदन काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्नेछन् ।

नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेका र साधारण लेखपढ गर्न सक्ने १८ वर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिक आवेदनका निम्ती योग्य हुनेछन् ।
चुनावमा खटिने म्यादी प्रहरीको कार्यावधि ५५ दिनको हुनेछ । उनीहरुले प्रहरी जवान सरह आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानीय भत्ता पाउने छन् ।
ड्यूटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको लागि प्रतिदिन २५० रुपैयाँको दरले विशेष भत्ता र सात दिनकै लागि प्रतिदिन २५० रुपैयाँ खाजा र खाना खर्च उपलब्ध गराइने छ । 

You need to login to comment.

3 Comments

Lokesh Tadi

on 18 Oct, 2017

all over Nepal ko lagi ho

Shailendra Das

on 12 Oct, 2017

sampark miti kati gte ho

Ayaan Adhikari

on 11 Oct, 2017

form kaha bat line?

Facebook Comments

Read More News