Welcome, Guest

दश दिनभित्र व्यक्तिगत विवरण अपडेट नगर्ने कर्मचारीको तलब रोक्न निर्देशन

2074-06-24 / Source: setopati.com  /  11.8K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

कर्मचारी समायोजन ऐन पारित भएसँगै सामन्य प्रशासन मन्त्रायले समायोजनको कामलाई तीव्रता दिएको छ। मन्त्रालयले समायोजनको लागि भन्दै कर्मचारीहरुलाई १० दिनभित्र व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।
 
मन्त्रायले सार्वजनिक सुचना प्रकाशित गर्दै निजामति, स्वास्थ्य र संसद सेवाका विभिन्न पदमा कार्यरत कर्मचारीले सिलोटल नम्बरसहित हालको विवरण कार्यालयमार्फत निजामति किताबखानामा पठाउन निर्देशन दिएको हो।
 
मन्त्रायले तोकेको मितिभित्र विवरण अद्यावधिक नगर्ने कर्मचारीको असोज महिनादेखिको तलबभत्ता रोक्का गर्न निर्देशन पनि दिएको छ।
 
समायोजनलाई सहज होस भन्ने हेतुले हाल कार्यरत कर्मचारीको अवस्था, कार्यालय र उसको सबै विवरण अद्यावधिक गर्न र उनीहरुलाई त्यसरी फारम भर्न लगाइ किताबखानामा पठाउन मन्त्रालयले सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ।

You need to login to comment.

Facebook Comments

Read More News