Welcome, Guest

लोकसेवा आयोगले यस बर्ष कुन पदमा कति बिज्ञापन गर्ने?

2074-06-23 / Source: rss.com.np  /  21.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

असोज २२, नेपालनीति, काठमाडौं
 
सामन्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी पदपूर्तिको लागि लोकसेवा आयोगलाई भर्नाको लागि पत्र पठाएको छ। आगामी बुधबार विज्ञापन गर्ने गरि लोकसेवा आयोगलाई रिक्त दरबन्दी पठाईएको छ। कर्मचारी समायोजन बिधेयक संसदबाट पास भएसंगै नयाँ दरबन्दी सिर्जना नगर्ने गरि पुरानो रिक्त पदमा भर्ना गर्न लोकसेवा आयोगलाई बाटो खुलेको हो। यस बर्ष पुरानै दरबन्दीमा भर्ना हुनेछ।
 
सामन्य प्रशासन मन्त्रलायका अनुसार यस बर्ष प्राविधिक र अप्राविधिकतर्फका सहसचिव ९३ र उपसचिव २९५ जनाको रिक्त दरबन्दीका लागि आयोग पठाइएको छ । तीमध्ये प्रशासनमा सबभन्दा बढी रिक्त रहेका छन् । प्रशासनमा सहसचिवमा ५० र उपसचिवमा ८३ रिक्त पद रहेका छन् ।
 
यसैगरी मन्त्रालयले रिक्त रहेका अधिकृत तहको दरबन्दी संकलन गरिरहेको छ । कात्तिक र मंसिरको अन्तिम साता आयोगद्वारा खुलाइने विज्ञापनका लागि रिक्त दरबन्दी संकलन गरिरहेको दाहालले बताउनुभयो । यस बर्ष शाखा अधिकृत अप्राबिधिक तर्फ झण्डै ६०० पदको लागि भर्ना माग गर्न सकिने बुझिएको छ।
 
अधिकृत तहको कात्तिकमा प्राविधिकतर्फ र मंसिरमा प्रशासनतर्फको आयोगले विज्ञापन गर्ने कार्यतालिका रहेको छ । सरकारले यसपटक कर्मचारी समायोजन ऐन ल्याएपछि नयाँ दरबन्दी नभई पुरानै रिक्त दरबन्दीमा मात्र विज्ञापन गर्ने निर्णय गरेको छ । (रासस)

You need to login to comment.

Facebook Comments

Read More News