Welcome, Guest

सुब्बा सबैभन्दा घुस्याहा, कार्यालयमा नापी !

2074-05-04 / Source: lokaantar.com  /  3.4K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं, १ भदौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा काम गर्ने कर्मचारीहरू सबैभन्दा बढी घुस्याह देखाएको छ । 
 
बिहीवार अख्तियारले पत्रकार सम्मेलन गरेर सरकारी कार्यालयका सुब्बाहरु सबैभन्दा बढी घुस्याह भएको तथ्य सार्वजनिक गरेको हो । 
 
अघिल्लो आर्थिक बर्ष र चालू आर्थिक बर्षको पहिलो महिनामा अख्तियारले गरेको कारबाहीको तथ्यांक केलाउदा सुब्बा सबैभन्दा बढी घुस्याहा रहेको देखिएको हो । 
 
अख्तियारका प्रहरी महाशाखा प्रमुख एसपी हृदय थापाले अघिल्लो वर्ष कुल ९१ जना कर्मचारीलाई रंगेहात पक्राउ गरिएको बताए । उनका अनुसार अघिल्लो बर्ष ४० जना नायब सुब्बालाई अख्तियरले घुस लिँदै गर्दा समाएको थियो । 
 
१९ जना अधिकृत र ६ जना उप–सचिब स्तरका कर्मचारी पनि अघिल्लो वर्ष घुस लिँदै गर्दा पक्राउ परेका थिए । ११ जना खरिदार पनि समातिएका थिए । 
 
अख्तियारले अघिल्लो वर्ष २६ कार्यलयमा स्टिङ अप्रेसन गरिएकोमा १४ वटा नापी कार्यालय थिए भने ८ वटा मालपोत कार्यालय थिए । यो तथ्यांक हेर्दा सुब्बा र अधिकृत सबैभन्दा बढी घुस्याह देखिन्छन् भने नापी र मालपोत कार्यालय कार्यालयगत रुपमा घुस्याहा देखिएको अख्तियारले जनाएको छ । 
 
अख्तियारले यो वर्षको साउन महिनामा पनि १७ कर्मचारीलाई घूस लिँदै गर्दा नियन्त्रणमा लिएको छ । यस वर्ष समातिनेमा पनि सवैभन्दा धेरै नासु र अधिकृत नै छन् । यस वर्ष ४/४ जना नासु र अधिकृत समातिएका छन् । एक जना सह सचिब पनि घूस लिँदै गर्दा पक्राउ परेका छन् । 
 
अख्तियारले यो वर्ष आफ्ना गतिबिधिलाई अझै बढाउने जनाएको छ । सेबाग्राहीका गुनासा सुन्नको लागि उसले १०७ नम्बरको टोल फ्रि सेवा समेत शुरु गरेको जनाएको छ । 
 
अख्तियारले सर्बसाधारणलाई सरकारी कर्मचारिले घूस मागेमा १०७ नम्बरमा फोन गरेर जानाकारी गराउन समेत अनुरोध गरेको छ । फोन गरेसँगै अख्तियारले तत्काल कारवाही अगाडि बढाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

You need to login to comment.

Facebook Comments

Read More News