Welcome, Guest

भो चाहिदैन घोकन्ते बढुवा !

2074-05-03 / Source: edevnews.com  /  3.8K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

म एक निजामती कर्मचारी । मेरो जीवनका १३ बर्ष सरकारी सेवामै रहेर बिताइसकेको छु । यो १३ बर्षमा बिभिन्न पद र कार्यालयमा बिताएको छु । धेरै चरित्र र प्रवृतिका हाकिम साव र सहकर्मी भेटेको छु र भोगेको छु ।
यो लेखमा उजागर गर्न खोजेको विषयका आधारमा मलाइ आदर्शवादी भएको हो कि भन्ने भान पर्न सक्ला तर बिषयवस्तुको गहीराई तथा प्रस्तुत गरिएको यथार्थलाई मुल्यांकन गरियो भने यो सत्यको नजिक रहनेछ । म आफै पनि खरीदारस्तरको जागीर पाउनका लागि क्याम्पससमेत हापेर घोक्ने कर्म गरेर सेवाप्रवेश गरेको मान्छे त्यो बेला म सेवामा नरहेकोले मेरै समय र श्रम खर्च भएता पनि सेवाग्राहीमा कुनै असर परेन तर त्यसपछि भने मेरो कारणले कहिं न कहिं म हालको पदमा आउन गरेको अध्ययन प्रयासले केही न केहि मात्रामा सेवा प्रवाहमा असर परेकै हुनुपर्छ भन्ने अनुमान गरेको छु । तसर्थ यस बिषयलाई बहसका लागि यहाँहरुसमक्ष प्रस्तुत गरेको छु ।
 
निजामती कर्मचारीको सवैभन्दा ठूलो एबम् प्रमुख चुनौति बढुवा व्यवस्थापन हो । र, यसका कारणले पनि कर्मचारी उसको जागिर अवधि भर नै पढी रहनुपर्ने वाध्यता रहेको छ । एउटा कर्मचारी कुनै पदमा जागीर प्रवेश गरेर वढूवा भई माथिल्लो पदमा पुग्न ज्यादै समय लाग्ने गरेको हुनाले वढुवा व्यवस्थापन चुनौतिपूर्ण बन्दै छ । एउटा पदमा जागीरमा प्रवेश गर्ने कर्मचारीको माथिल्लो पदमा बढुवा हुने क्रममा १५–२० वर्ष कुनुपर्ने हुन्छ जबकि २–३ बर्ष मेहनत गरेमा ऊ सजिलै माथिल्लो पदमाजान सक्ने देखिन्छ र त्यस्तो देखिएको पनि छ । यसै कारण सामान्य अवस्थामा पढ्ने पद्धती र छिटो माथि चढ्ने लोभका कारण एउटा कर्मचारी विद्यार्थीमा परिणत भइरहेको पाइन्छ । कतिपय लोभका कारण न माथि जाने न समय र कार्यालयको कार्यमा ध्यान दिने अवस्थाले तनाव र द्धन्दको स्थिती सृजना हुन्छ । जस्ले गर्दा सेवा प्रवाहमा नकारात्मक वातावरण वन्दै गइरहेको पनि देखिएको छ । अनि कर्मचारी स्वंयमापनि घर र कार्यालयको दोहोरो जिम्मेवारीका कारण समेत सेवाप्रवाह कमजोर भई वितृष्णा बढ्दै गइरहेको पनि देखिन थालेको छ ।
 
घोकन्ते बढुवाको लागी आज भोली बजारमा लोक सेवाको पाठ्यक्रम राखी पढाउने व्यवसायको बजार ठूलो र वृहत हुदै गएको छ । सानो तह देखि उच्च तहसम्मको पढाईको खेती राम्रै सँग फस्टाएको छ । विभिन्न शैक्षिक परार्मश र तालिम दिने नाममा खुलेका धेरै संस्थाको मुख्य व्यवसाय नै लोक सेवाआयोग तयारी कक्षा सञ्चालन गर्नु रहेको देखिन्छ । विभिन्न माध्यम मार्फत कर्मचारी बोलाउने अनि तिनीहरुको फोन इमेल लिने र सोहि फोन र इमेल मार्फत आकर्षक विज्ञापन पठाई कर्मचारीलाई के के न होला ? भन्ने बनाई कर्मचारीको समय र पैसा बर्वाद गराइरहेका छन् । कर्मचारी पनि त्यस्तै संस्थामा नगई पास नै नहुने हो किभन्ने मानसिकतालेकुदिरहेको पाइन्छ ।
 
यो प्रवृति सानो तहको पदमाभन्दा ठूला खासगरी अधिकृत र सो भन्दा माथि अझ बढी झाँगिएर गएको छ । सानो तहको पद शुरु प्रवेशका पद हुनाले सामान्यतया कर्मचारीहरुभन्दा बेरोजगार विद्यार्थी नै रहने गर्दछन् । जसले कार्यलयको कामलाई कुनै फरक पर्दैन । तर अधिकृत र सो भन्दा माथिल्लो पदकालागि भने ९० प्रतिशतभन्दा बढी सरकारी कर्मचारी नै रहेका हुन्छन ।
 
संरचनाको कुरा गर्ने हो भने अहिले अधिकृतमुखी प्रणाली र २४ घ १ को बढुवा व्यवस्थाका कारण अधिकृत र माथिल्लो पदका दरवन्दी ह्वातै वढेको छ । तीमध्ये अधिकृत ( रा. प तृतियश्रेणी ) लाई शुरु प्रवेश तह मानेर खुल्ला प्रतिस्पर्धाको प्रतिशत ७० प्रतिशत राखिएको छ भने अन्य माथिल्लो तहका पदहरु उपसचिव र सहसचिव पदहरुमा छड्के प्रवेशका अवधारणा राखी अत्यन्तै न्युन १० प्रतिशत मात्र खुल्ला राखिएको छ । त्यस्तै वढुवाको प्रवाधान पनि पहिलेको २४ घ १ लाई सुधार गरी जेष्ठता र कार्यसम्पादन प्रणाली तथा कार्य क्षमताको मुल्याङ्कन प्रणाली गरी दुई किसिमको बढुवा प्रणाली राखिएको पाईन्छ । यी सबै व्यवस्था भएता पनि यी सवैमा खासगरी खुल्लामा समेत प्रतिस्पर्धा गर्ने उम्मेदवार सेवा भित्रकै कर्मचारी नै हुने गरेको छ जसका कारण कर्मचारी आफ्नो अनुकुलको लोक सेवा परीक्षा तयारी केन्द्रमा धाउनुपर्ने वाध्यता बढीरहेको छ ।
घोकन्ते बढुवाको अर्को डरलाग्दो समस्या उच्च तहमा देखिन थालेको छ । यो घोकन्ते बढुवासंगै समावेशी समेत जोडिँदा झन खतरा बढ्दै गएको छ । अधिकृत भएर ५,७बर्षमै उपसचिव सहसचिवहुने प्रणालीले खासगरी अनुभवहीन कर्मचारीलाई भित्र्याउने र नेतृत्व लिन नसकी जिम्मेवारी सन्तोषजनक नभएका उदाहरण प्रशस्तै भेटिन्छन ।
 
घोकन्ते बढुवाका लागी साधारणतया कमकार्य चाप हुने निकाय र केन्द्रीय निकायमा बस्न आवश्यक हुन्छ । त्यस्ता ठाउँमा बस्दा उसको ध्यान काम गरेर अनुभव लिने भन्दा घर कोठा छिटो पुग्ने वा कोचिंग कक्षाहरुमा सहभागी हुनेमा बढी हुने हँुदा कोरा कितावी ज्ञान हासिलगर्ने मात्र हुन्छ । यस प्रक्रिया बाट लोक सेवापास गरेर आउने कर्मचारी उच्चतहमागई चुनौतीपुर्ण कार्यमा खटिदा बढी आत्तिने डराउने समस्यावबाट भाग्ने प्रवृतिबाट ग्रसितभई समग्रमा सेवाप्रवाहको स्तरमाह्रास आउने र राज्यको उद्धेश्यपुर्तिमाअवरोध आउने हँदा यस्तो किसीमको घोकन्ते बढुवा अन्त्यगर्न आवश्यक छ ।
 
यी यावत किसिमले बढूवा व्यवस्था उचित तरिकाले नहुँदा नयाँ नयाँ समस्या देखिन थालेको छ । जसका कारण सेवा प्रवाहमा सामान्य जनताहरु प्रभावित बन्दै गइरहेको छन् । त्यसैले यी सवै समस्याको निराकरण गरी जनअपेक्षा अनुरुपको सेवा प्रवाहका लागि निजामती कर्मचारीको बढुवा प्रणालीको नीति परिमार्जन गर्न अपरिहार्य भएको छ ।
 
त्यसका विकल्प र मोडलहरुमा व्यापक वहस गरी उपयुक्त मोडल निजामती क्षेत्र भित्रयाउन ढिलो भइसकेको छ । व्याच प्रमोशन जस्ता अन्य देश र उदाहरणीय निजामती सेवाका व्यवस्था गरी यस समस्याको न्युनीकरण गर्दै व्यवस्थापन गर्नुपर्ने देखिदैछ । छोटो र सुनिश्चित बढुवा प्रणाली रहेको तहगत प्रणालीको कार्यन्वयन गरेर पनि यो समस्या समाधान गर्न सकिन्छ ।
जे भएता पनि राम्रो र उच्च मनोवलयुक्त कर्मचारीलाई घोकन्ते बनिरहनु पर्ने झन्झटबाट मुक्ति दिन अबबन्ने संघीय निजामती सेवा ऐन तर्जुमामा बिशेष ध्यान पुर्याउन अब ढिलो गर्नुहुदैन ।

You need to login to comment.

Facebook Comments

Read More News