Welcome, Guest

भदौ २० गतेभित्र स्थानीय तहमा कर्मचारी खटाइने ः मन्त्री बस्नेत

2074-04-31 / Source: gorkhapatraonline.com  /  1.8K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ, साउन ३१ गते । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले भदौ २० गतेभित्र स्थानीय तहमा न्यूनतम् कर्मचारी खटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 


आज मन्त्रालयमा प्रतिबद्धतापत्र घोषणासभामा आयोजित पत्रकारसम्मेलनमा मन्त्री बस्नेतले स्थानीय तहमा कर्मचारी खटाई संघीयता कार्यान्वयन गराउनका लागि भदौ २० भित्र कर्मचारी खटाउने बताउनुभयो । 

“कर्मचारी नहँुदा स्थानीय तहका काम प्रभावित हुन सकेका छैनन् । सिंहदरबारलाई गाउँ पु¥याउनका लागि कर्मचारी गाउँमा खट्नु पर्दछ”, उहाँले थप्नुभयो, “त्यसैले सिंहदरबारको अधिकार गाउँ पु¥याउनका लागि कर्मचारीलाई खटाइनेछ ।” 

उहाँले राजनीतिक रुपमा संघीयताको संरचना तयार भए पनि प्रशासनिक संघीयता नबनेकाले कर्मचारीलाई स्थानीय तहमा खटाई संघीयता कार्यान्वयन गरिने धारणा राख्नुभयो । 

मन्त्री बस्नेतले जारी गरेको ४८ बँुदे प्रतिबद्धता पत्रमा कर्मचारी स्थानीय तहमा खटाउनेसँगै आवश्यक भौतिक पूर्वाधारको संरचना पनि बनाउने बताउनुभयो । उहाँले अहिले काजमा कर्मचारी पठाई कर्मचारी समायोजन ऐन जारी भएपछि पूरा कर्मचारी स्थानीय तहमा हुने दाबी गर्नुभयो । 

मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचित प्रमुख र उपप्रमुखलाई प्रशासन सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिने जानकारी गराउनुभयो । उहाँले एक महिनाभित्रमा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन ऐन ल्याउने बताउनुभयो । 

मन्त्री बस्नेतले दुई महिनाभित्र संघीय निजामती सेवा विधेयक, प्रदेश निजामती सेवा विधेयक र स्थानीय सेवा विधेयक संसद्बाट पास गराई कार्यान्वनय गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यस्तै, नवनियुक्त अधिकृतस्तरका कर्मचारीलाई एक वर्ष आवासीय तालिम, निजामती अस्पतालको स्तरोन्नत, कर्मचारीको लगानीमा जलविद्युत् आयोजना सञ्चालन गर्नेलगायतका प्रतिबद्धतासमेत मन्त्री बस्नेतले गर्नुभएको छ । 

यसैगरी, मन्त्री बस्नेतले चलखेलमा नभई नियमानुसार कर्मचारीको सरुवा गरिने बताउनुभयो । “सरुवाका लागि चलखेल हुँदैन । सरुवा नियमअनुसार कडाइका साथ हुन्छ”, उहाँले भन्नुभयो, “कार्यालय समयमा काम ठग्ने कर्मचारीलाई पनि आवश्यक कारबाहीको प्रक्रिया थालिने छ ।” 

यसैगरी, मन्त्री बस्नेतले जनशक्तिको अभावमा सेवा प्रभावकारी नभएका कार्यालयमा तत्काल कर्मचारी व्यवस्थापन गर्ने बताउनुभयो । उहाँले ऐन विपरीत काजमा खटिएका कर्मचारीलाई फिर्ता बोलाउने बताउनुभयो । “काजमा खटाउने कार्यलाई कडाइका साथ नियन्त्रण गरिने छ”, उहाँले थप्नुभयो, “स्थानीय तहबाहेक ऐन विपरीत काजमा खटिएका कर्मचारीलाई फिर्ता बोलाइनेछ ।” सेवा ढिलासुस्ती र अनियमिततालाई नियन्त्रण गरी प्रभावकारी कामलाई तीव्रता दिइने उहाँले बताउनुभयो । 

यस्तै, मन्त्री बस्नेतले सार्वजनिक सेवालाई चुस्त–दुरुस्त, सहभागितामूलक र पारदर्शी बनाइँदै सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहमा सुशासनको प्रत्याभूति गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले संघीयता कार्यान्वयनका लागि कर्मचारी स्थानीय तहमा जानुपर्ने भन्दै अहिले संघीयता संरचनाका लागि ऐन, कानुन र सांगठानिक संरचना बनाइरहेको बताउनुभयो । रासस 


You need to login to comment.

1 Comments

Sah Kishor Kishor

on 26 Jan, 2018

okay call my imo number 9779814741443 okay

Facebook Comments

Read More News