Welcome, Guest

प्रदेश नम्बर २ मा ९ वटा स्थानीय तह थपिँदै, स्थानीय तहको संख्या ७५३ पुग्यो

2074-04-28 / Source: kantipur.ekantipur.com  /  3.1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

श्रावण २७, २०७४- सर्वोच्च अदालतले बाटो खोलेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा बढाइएको स्थानीय तहलाई कार्यान्वयनमा ल्याउने गृहकार्य थालेको छ । सरकारको पूर्व निर्णयको कार्यान्वयनसँगै उक्त प्रदेशमा ९ वटा थपिएर स्थानीय तहको संख्या १ सय ३६ पुग्नेछ । देशभर कुल स्थानीय तहको संख्या ७४४ बाट बढेर ७५३ हुनेछ । 
 
स्थानीय तह पुन: संरचना आयोगले प्रतिवेदन बुझइसकेपछि मधेसी दलकै दवाबमा प्रदेश नम्बर २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ । यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुन: संरचना प्रतिवेदनलाई कार्यान्वयनमा ल्याएको थियो । यतिबेला ९ वटा थपिँदै छन् ।  
 
प्रदेश नम्बर २ हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगर सहित ७७ नगरपालिका हुनेछन् ।
 
 

 


You need to login to comment.

Facebook Comments

Read More News