Welcome, Guest

दुई लाख घुससहित कर्मचारी पक्राउ

2074-04-25 / Source: lokaantar.com  /  1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

झापा, २४ साउन - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई आज पक्राउ गरेका छन् ।
 
पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेका छन् । 
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको संयुक्त टोलीले स्वास्थ्य संस्था नवीकरणका लागि घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो । 
 
‘स्वास्थ्य संस्था नवीकरण’ गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरिएको प्रनाउ बस्नेतले बताए । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

You need to login to comment.

Facebook Comments

Read More News