Welcome, Guest

तत्काल आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाइने

2074-04-22 / Source: gorkhapatraonline.org  /  1.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ, साउन २२ गते । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताउनुभएको छ ।
 
मन्त्रालयमा आज रासससँग कुुरा गदैँ उहाँले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाउने तयारी भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी समायोजन ऐन आउन ढिला भएकोले स्थानीयस्तरमा काम गर्नका लागि विभिन्न कार्यालयका कर्मचारीलाई आन्तरिक व्यवस्थापनबाट कर्मचारी खटाइने छ ।”
 
उहाँले कहाँबाट कसरी कर्मचारी पठाउनेबारे अहिले छलफल भइरहेको जानकारी दिनुभयो । अहिले कर्मचारी समायोजनसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । उहाँले अहिले समायोजनको मापदण्ड बनाइरहेको जानकारी पनि दिनुभयो रासस

You need to login to comment.

Facebook Comments

Read More News