Welcome, Guest

निर्वाचनमा एक लाख कर्मचारी खटिने

2074-02-14 / Source: gorkhapatraonline.com  /  3.3K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ, जेठ १४ गते ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिब एक लाख कर्मचारी खटिने भएका छन् ।  आयोगले यही जेठ ३१ गते बुधबार हुने ४६१ स्थानीय तहका लागि छ हजार ७१८ वटा मतदानस्थलमा रहने ११ हजार ९३१ मतदान केन्द्रमा ती कर्मचारी खटाउने तयारी गरेको हो ।
 
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनका लागि सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै यस निर्वाचनमा सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने  बताउनुभयो ।  
 
चारवटा प्रदेशका ४३ जिल्लामा आयोगले जेठ ६ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ भने जेठ १५ गतेबाट ४१८ वटा स्थानीय तहमा मतदान अधिकृतको कार्यालय खोल्ने तयारी गरेको छ ।  मुख्य निर्वाचन अधिकृतले समग्रमा जिल्लाभरिको निर्वाचन प्रक्रियाको नेतृत्व गर्नुका साथै जिल्ला सदरमुकाम रहेको स्थानीय तहको मतदान अधिकृतको कार्यसमेत कार्य गर्नुहुनेछ । 
 
मुख्य निर्वाचन अधिकृतले त्यस जिल्लाको हरेक मतदान केन्द्रमा पठाउनुपर्ने निर्वाचन सामग्रीको रुजु गर्ने, अन्य बन्दोबस्तीका सामग्री, मतदान केन्द्रमा खटिने कर्मचारीको व्यवस्थापन तथा तालिम गर्ने लगायतका कार्य गर्नेछन् । 
प्रवक्ता शर्माले केन्द्रबाट मतदाता नामावली, मतदाता परिचयपत्र, निर्वाचन बन्दोबस्तीका सबै सामान सम्बन्धित जिल्लामा पु¥याइसकिएको जानकारी दिनुभयो ।  दोस्रो चरणको निर्वाचनमा १२ उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिका गरी ४६१ स्थानीय तहमा निर्वाचन हुन लागेको हो ।  
 
सरकारले २२ वटा स्थानीय निकाय थप गर्ने निर्णय गरे पनि सर्वोच्च अदालतको अन्तरिम आदेशले स्थगित भएको छ ।  त्यसले गर्दा ४६१ वटा स्थानीय तहमा मात्रै जेठ ३१ मा निर्वाचन हुन लागेको हो । 

You need to login to comment.

1 Comments

binayak arun

on 28 May, 2017

कर्मचारी कहाँ छ

Facebook Comments

Read More News