Welcome, Guest

लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि

2078-03-16 / Source: onlinekhabar.com  /  2.2K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

१६ असार, काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।
 
कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।
 
आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।
 
परीक्षा पूर्वनिर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिˆटमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।
 
हेर्नुहोस् परीक्षा तालिका

 


You need to login to comment.

Facebook Comments

Read More News