Welcome, Guest

शिक्षकको लिखित परीक्षा २०० पूर्णांकको, पहिलो चरणमा ५० नम्बर ल्याउनैपर्ने

2076-05-08 / Source: onlinekhabar.com  /  4.8K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

स्थायी शिक्षक हुन सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ । प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरुमात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाउने छन् । यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो ।
 
शिक्षक सेवा आयोग नियमावली (१० औं संशोधन)मा लोक सेवा आयोगको परीक्षा जस्तै सामान्य र विषयगत गरी दुई सय पूर्णांकको लिखित र २५ पूर्णांकको अन्तवार्ता परीक्षा हुने प्रस्ताव गरिएको छ । यसअघि शिक्षकहरुको एक सय पूर्णांकको लिखित र २५ पूर्णांकको मौखिक परीक्षा हुन्थ्यो ।
 
ओएमआरमा परीक्षा, गलत उत्तरको नम्बर काटिने
 
सामान्य भनिने प्रारम्भिक परीक्षामा वस्तुगत प्रश्नहरु हुनेछन् । एक सय पूर्णांकको सामान्य परीक्षा मेसिनले जाँच्ने ओएमआर कपिमा दिनुपर्ने छ । सामान्य परीक्षामा कम्तिमा ५० अंक ल्याएर पास भएकाहरु मात्र दोस्रो चरणको लिखित परीक्षा (विषगत)मा सहभागी हुन पाउने छन् । एउटा उत्तर गलत भएमा शून्य दशमलव दुई अंक माइनस हुने छ ।
 
वस्तुगतपछि एक सय पूर्णांककै विषयगत परीक्षा हुने छ । वस्तुगत परीक्षामा पास भएकाहरुको ५० प्रतिशत अंकमात्र विषयगत परीक्षाको प्राप्तांकमा जोडिने छ । यसरी कूल दुई सय पूर्णांकको लिखित परीक्षामा धेरै अंक ल्याउने प्रतिस्पर्धीहरु अन्तिम चरणको परीक्षा अर्थात् अन्तरवार्तामा सहभागी हुनेछन् । अन्तर्वार्तामा पाएको नम्बरसमेत जोड्दा जसले धेरै अंक ल्याउँछ उही नियुक्तिको लागि सिफारिस हुने छ । शिक्षा मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले यो प्रस्ताव मन्त्रिपरिषदको विधेयक समितिमा छलफलको क्रममा रहेको जानकारी दिए । उनले भने, ‘हामीले त पठायौं, उताबाट पास भएर आउन बाँकी छ
 
’परीक्षार्थीको संख्या अत्यधिक हुँदा व्यवस्थित तरीकाले परीक्षा सञ्चालन गर्न कठिनाइ हुने भएकाले लोक सेवा आयोगको जस्तै प्रारम्भिक परीक्षामा पास भएकाहरुलाई मात्र अर्को चरणको परीक्षामा सहभागी हुने नियम बनाइएको उनले बताए । उनले भने, ‘यस्तो नियमले परीक्षार्थीहरु छानिन्छन् । थोरै परीक्षार्थी भएपछि समय र आर्थिक खर्च दुवै कम त हुन्छ नै योग्य शिक्षक पनि छनोट हुन्छन् ।’

 


You need to login to comment.

Facebook Comments

Read More News