Welcome, Guest

लोक सेवाको परीक्षा मर्यादितरुपमा सम्पन्न

2076-04-04 / Source: prasashan.com  /  3.8K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ । लोक सेवा आयोगद्वारा स्थानीय तहका लागि विभिन्न पदमा आजदेखि सुरु भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा मर्यादित तवरले सम्पन्न भएको छ ।
 
देशभर रहेका आयोगका १४ वटा कार्यालय र वीरगन्ज, लहान, धनुषा, विराटनगर, डोल्पा र हुम्ला गरी ६ वटा उपकेन्द्र गरी २० स्थानबाट आयोगको परीक्षा सञ्चालन भइरहेको छ ।
 
१५ हजार सात सय ४० उम्मेदवारको आवेदन परेकोमा १३ हजार एक सय २८ अर्थात् ८३ दशमलव ४० प्रतिशत परीक्षार्थीहरूले आयोगको परीक्षा दिएका छन् ।
 
पहिलो दिन छैटौँ तहको परीक्षा भएको छ ।
 
लोक सेवा आयोगले विभिन्न स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा विज्ञापन खुलाएको थियो ।

You need to login to comment.

Facebook Comments

Read More News