Welcome, Guest

लोकसेवा आवेदनमा उत्साह बढ्यो, ३ लाख आवेदन, ६ करोड राजस्व संकलन

2076-03-09 / Source: rajdhanidaily.com  /  5.2K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं। लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा झन्डै ३ लाखको आवेदन परेको छ ।
 
आयोगका अनुसार आइतबार सा“झ ५ बजेसम्म २ लाख ९३ हजार २ सय ७१ जनाको आवेदन दर्ता भएको छ । जसअन्तर्गत खुलातर्फ २ लाख ८९ हजार ७ सय ८८, जनजातितर्फ ३१ हजार १ सय ३६, मधेसीतर्फ १८ हजार १ सय ८८, दलिततर्फ २ हजार २ सय ३९, अपांगता भएकातर्फ १ सय ११ र पिछडिएका क्षेत्रतर्फ ८७ जनाको आवेदन परेको आयोगले जनाएको छ ।
 
आवेदनबापत झन्डै ६ करोड राजस्व संकलन भएको छ । आयोगका अनुसार ५ करोड ५४ लाख ५९ हजार १ सय रुपैयाँ राजस्व संकलन भइसकेको छ ।
 
आयोगल दिएको आवेदनको समयावधि मंगलबार राति १२ बजेबाट समाप्त हुँदै छ । प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि थप गरेको थियो । आवेदकले अनलाइन आवेदनमा अझै समस्या उत्पन्न भएको गुनासो गर्दै आएका छन् ।
 
आयोगले आवेदन दिन चाहनेको संख्या अत्यधिक रहेकाले केही समस्या उत्पन्न भएको र प्राविधिक समस्या समाधानसमेत भइरहेको दाबी गरेको छ । आयोगले गत १५ जेठमा ५ सय १५ स्थानीय तहमा ९ हजार १ सय ६१ जनाका लागि भर्ना आह्वान गरेको थियो । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आयोगले विज्ञापनका क्रममा समावेशी सिद्धान्त पालना नगरी विज्ञापन आह्वान गरेको भन्दै विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो । तर, आयोगले आवेदन रोकेको छैन । यससम्बन्धीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

You need to login to comment.

Facebook Comments

Read More News