लोकसेवा तयारी मोबाइलबाटै गर्न लोकसेवा प्लस Subscribe गर्नुहोस
Choose Package
One Week (Rs. 25)
One Month (Rs. 80)
One Year (Rs. 300)
काठमाण्डौ – लोक सेवा आयोगले स्थानीय तहका कर्मचारी भर्ना गर्न खुलाएको विज्ञापनबारे छिट्टै निर्णय गर्ने जनाएको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका लागि लोकसेवा आयोगले सुरु गरेको कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएपछि भर्ना प्रक्रिया के हुने भन्ने अन्योल बढ्दै गर्दा लोक सेवा आयोगले यसबारेमा चाँडै नै निर्णय गर्ने जानकारी दिएको छ ।
समितिको निर्देशन आयोगमा अझै आइनपुगेको र समितिको पत्र आएपछि यसबारेमा छलफल गरेर छिट्टै निर्णय गरिने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
आयोगले परीक्षाका लागि प्रश्न बनाउनको लागि विज्ञसँग मागेको प्रश्न संकलन गरिसकेको तथा मेसिनले पढ्न सक्ने कपी पनि अर्डर गरिसकेकाले लाखौं रुपैयाँ खर्च भैसकेको जनाएको हो । विज्ञापन रद्द भए फारम भरेका आवेदकसँग लिएको दस्तुर फिर्ता हुने सूचना अधिकारी सुवेदीले बताउनुभयो । तर आफूहरुले धेरै समयदेखि तयारी गरेको भन्दै विज्ञापनमा हस्तक्षप नगर्न माग गर्दै लोकसेवाको तयारी गरिरहेकाहरुले काठमाण्डौको माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
लोकसेवा आयोगले गएको १५ गते ९ हजार भन्दा बढी पदमा विज्ञापन खुलाएकोमा विज्ञापन संविधानले नै ग्यारेण्टी गरेको समावेशीताको सिद्धान्तअनुसार नभएको भन्दै संसदीय समितिले मंगलबार तत्काल भर्ना प्रक्रिया रोकी करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो ।
आयोगको विज्ञापन समावेशी नभएको भन्दै प्रदेश २ ले पनि विज्ञापन रद्द गर्न माग गरेको छ ।
Muna Kingring Magar
on 12 Jun, 2019
हामी जस्ता दरखास्त दिन तयार बसेको लाखौ युवामाथि अन्याय नहोस। न त फारम भर्न सकीन्छ न त बन्द भयो भनेर ढुक्क नै। कीन सरकारले यो निर्णय लिन र दिन समय लगाउछ? यदी बन्द नगराउने हो भने फारम भर्ने अन्तिम मिती बढाउनु पर्दछ। यहा लाखौ बेरोजगार युवाहरू जागीरको मिठो सपना बोकेर सहर छिरेर यो 33 डिग्रीको चर्को गर्मी सहेर पढीराछन। सरकारले ध्यान दिईयोस र नया पुस्तामा सरकारको सरकारी जागीर प्रती नकरात्मक भावना नजावश। कयौ युवा खाडी गय कयौ हमृद्द देश हामी जस्ता गरीब र मध्यम बर्गियले त यहा पाएको अबसर पनी गुमाईरहेको छौ। लोकसेवा लुकामारीको खेल हैन। आज खुलाउने र भोली रद्द गर्ने। चाडै निर्णय गरी सुनुवाई होस। जय नेपाल