Welcome, Guest

सरकारी सेवामा आकर्षण १० दिनमा ५० हजारको आवेदन

2076-02-25 / Source: rajdhanidaily.com  /  3.7K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं।  लोक सेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पूर्तिका लागि आह्वान गरेको विज्ञापनमा १० दिनको अवधिमा झन्डै ५० हजारले अनलाइन आवेदन दिएका छन् । आयोगले यसै अनुपातमा आवेदन दिने क्रम रहेका अन्त्यसम्ममा पाँच लाखभन्दा बढीको आवेदन पर्ने आँकलन गरेको छ । आयोगका प्रवक्ताएवम सहसचिव किरणराज शर्माका अनुसार शुक्रबार ११ बजेसम्ममा ४७ हजार ८७१ जनाको आवेदन परेको छ ।
 
आयोगले जेठ १५ गते ९ हजार १६१ कर्मचारीका लागि विज्ञापन खुलाएको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५१५ स्थानीय तहमा १३ हजार ६४५ कर्मचारी आवश्यक रहेको विवरण पठाउँदै कर्मचारी भर्नाको प्रक्रिया सुरु गर्न आग्रह गरेको थियो । मन्त्रालयको आग्रहपछि ४ हजार ४४८ कर्मचारी संख्या बढुवाका लागि राखेर बाँकीको भर्ना प्रक्रिया अगााडि बढाएको थियो । आयोगले कर्मचारी भर्नाको प्रक्रिया सुरु गरेसँगै समावेशी सिद्धान्तको आधारलाई बेवास्ता गर्दै कर्मचारी भर्नाको प्रक्रिया अघि बढाएको भन्दै विभिन्न राजनितिक दल तथा विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन् । आयोगले भने समावेशी सिद्धान्तका आधारमा रहेर नै भर्ना प्रक्रिया अघि बढाएको बताएको छ । आयोगले तत्कालीन अवस्थामा कार्यतालिका परिवर्तन गरेर अर्को विज्ञापनको सम्भावना नरहेको स्पष्ट पारिसकेको छ । यस विषयले हाल संसददेखि सडकसम्म चर्चा पाएको छ । आयोगले मन्त्रालयको आग्रहअनुसार विशेष कार्यतालिका बनाएर मंसिरसम्म सम्बन्धित तहलाई सिफारिस गरिसक्नेछ ।
 
थप समाचार 

 


You need to login to comment.

2 Comments

narayan sharma

on 09 Jun, 2019

क्यानसिल हुने प्रश्नै आउँदैन ढुक्क भए, फम भर्दा हुन्छ । के नेपालकाे रानितिक दल हाे र लाेकसेवा ?

bhuvan acharya

on 09 Jun, 2019

Form vareko xaina aba k garne cancel hune jasto xa

Facebook Comments

Read More News