Welcome, Guest

सरकारले ल्यायो १५ खर्ब ३२ अर्बको बजेट (पूर्णपाठसहित)

2076-02-15 / Source: setopati.com  /  5.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

सरकारले आगामी २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेको छ।
 
बुधबार संघीय संसदमा अर्थमन्त्री युवराज खतिवडाले आव २०७६/७७ वर्षको बजेट सार्वजनिक गरेका हुन्।
 
आर्थिक वर्ष २०७६/७७  का लागि  खतिवडाले १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन्।
 
अर्थमन्त्री खतिवडाले आगामी वर्षका लागि चालूतर्फ ९  खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्बसहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको बताए।
 
सरकारले आगामी वर्षका लागि ल्याएको बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ।
 
सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ। 
 
लोकप्रिय कार्यक्रम अघिल्लो वर्ष पुराना कार्यक्रमलाईमात्र बजेट विनियोजन गरी अनुशासित बजेट ल्याएका खतिवडाले यो वर्षको बजेटमा भने लोकप्रिय कार्यक्रम ल्याएका छन्।
 
हेर्नुहोस पूर्ण पाठ :-
 

You need to login to comment.

Facebook Comments

Read More News