Welcome, Guest

स्थानीय तहले केन्द्र सरकारसँग मागे १० हजार कर्मचारी

2076-01-31 / Source: nepaltara.com  /  4.2K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौंः स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
 
समाचारमा लेखिएको छ, कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेका हुन् ।
 
यही वैशाख पहिलो साता मन्त्रालयले आवश्यकताबमोजिम कर्मचारीको माग पठाउन स्थानीय तहलाई पत्राचार गरेको थियो । २० वैशाखसम्म चार सय ३७ स्थानीय तहबाट १० हजार चार सय ९२ कर्मचारीको माग आएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए ।
 
मन्त्रालयका अनुसार स्थानीय तहले माग गरेका कर्मचारीको पूर्तिका लागि लोकसेवालाई पत्राचार गरिएको प्रवक्ता तामाङले बताए ।
 
। उनका अनुसार बाँकी स्थानीय तहले पनि कर्मचारी माग गरिरहेका छन् ।
सरकारले स्थानीय तहका लागि ६६ हजार नौ सय आठ दरबन्दी स्वीकृत गरेको छ । स्थानीय तहले हाल स्वीकृत दरबन्दीको झन्डै आधा संख्यामा मात्र कर्मचारी पाएका छन् ।

 


You need to login to comment.

1 Comments

Sankar Khatri

on 15 May, 2019

lok sewa kholchha kahile samma

Facebook Comments

Read More News