Welcome, Guest

स्थानीय तहको विवरण लोक सेवा पठाइयो, ४३७ स्थानीय तहका लागि ११,४९२ पद माग

2076-01-26 / Source: prasashan.com  /  7K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ । स्थानीय तहमा रिक्त पदहरू पदपूर्तिका लागि लोक सेवा आयोगमा पठाइएको छ ।
 
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न ४३७ स्थानीय तहबाट प्राप्त ११ हजार चार ९२ जनाको दरबन्दी विवरण आयोगमा पठाएको हो । देशभरिका सात सय ५३ स्थानीय तहमध्ये चार सय ३७ स्थानीय तहले मात्रै विवरण पठाएका थिए ।
 
मन्त्रालयका अनुसार प्रदेश १ मा रहेका एक सय ३७ स्थानीय तहमध्ये ९४ बाट दुई हजार पाँच सय पाँच, प्रदेश नम्बर २ का एक सय ३६ स्थानीय तहमध्ये ५५ बाट एक हजार सात सय ४९, प्रदेश नम्बर ३ स्थित एक सय १९ स्थानीय तहमध्ये ६२ स्थानीय तहबाट एक हजार पाँच सय २७ दरबन्दी माग भएको छ ।
 
त्यसैगरी गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६२ वटा स्थानीय तहले एक हजार छ सय, प्रदेश नम्बर ५ का एक सय नौ स्थानीय तहमध्ये ७३ बाट एक हजार आड सय ७२, कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये ३५ स्थानीय तहबाट आठ सय ५५ र सुदूर पश्चिम प्रदेशमा रहेका ८८ वटा स्थानीय तहमध्ये ५६ वटा स्थानीय तहबाट एक हजार तीन सय ८४ दरबन्दी माग भएको छ ।
 
जम्मा ७ सय ५३ वटा स्थानीय तहमध्ये चार सय ३७ स्थानीय तहबाट गरी ११ हजार चार सय ९२ जनाको माग भएको थियो ।
 
बैसाख २० गतेसम्म विवरण पठाउने अन्तिम समय तोकिएको भएपनि कतिपय स्थानीय तहबाट विवरण आईरहेकोले २५ गतेसम्म प्राप्त विवरणहरु संकलन गरी आयोगमा पठाइएको छ ।

You need to login to comment.

Facebook Comments

Read More News