Welcome, Guest

ईन्जिनियरको लाइसेन्स लिन परीक्षा दिनुपर्ने !

2076-01-18 / Source: onlinekhabar.com  /  4.2K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

१८ वैशाख, काठमाडौं । सरकारले ईन्जिनियरको लाइसेन्स लिन चाहनेले अनिवार्य परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागेको छ । नेपाल ईन्जिनियरिङ परिषद ऐन २०५५ लाई संशोधन गर्ने गरी परीक्षाको व्यवस्था गर्न लागेको हो ।
 
हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधेयक समितिमा रहेको उक्त विधेयकमा ईन्जिनियरिङ लाइसेन्स लिन चाहनेले ईन्जिनियरिङ काउन्सिलको परिक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ ।
 
नेपाल ईन्जिनियरिङ काउन्सिलले आफैँले परीक्षा लिने र उक्त परीक्षा पास गर्नेले मात्र ईन्जिनियरको लाइसेन्स दिने प्रस्तावसहित ऐन संशोधनको मस्यौदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरेको थियो काउन्सिलका अध्यक्ष डिल्लिरमण निरौलाका अनुसार काउन्सिलले वर्षमा दुई पटक परीक्षा लिने प्रस्ताव गरेको छ ।
 
हाल शैक्षिक प्रमाणपत्रका आधारमा ईन्जिनियरिङ लाइसेन्स प्रदान गर्ने र जुनसुकै बेला लाइसेन्सका लागि काउन्सिलसमक्ष निवेदन दिन सक्छन् । तर, यसलाई व्यवस्थित गर्नका लागि बर्षमा दुई पटक लाइसेन्स परीक्षाको व्यवस्था गर्न लागिएको काउन्सिल अध्यक्ष निरौलाले बताए ।
 
लाइसेन्सका लागि संकलित निवेदन अध्ययन गरेर सिफारिस गर्न काउन्सिलका उपाध्यक्षको नेतृत्वमा पाँच सदस्यीय समिति प्रस्ताव गरिएको छ । समितिले विवरण ठीक भएको वा नभएको (नेपालमा अध्ययन गरेको भए कुन विश्वविद्यालय र विदेशमा अध्ययन गरेको भए त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रदान गरे÷नगरेको) अध्ययन गरेर लाइसेन्स प्रदान गर्ने प्रस्ताव बोर्डसमक्ष प्रस्तुत गर्छ । बोर्डले निर्णय गरेपछि लाइसेन्स प्रदान गर्ने अध्यक्ष निरौलाले जानकारी दिए ।
 
हाल नेपालमा काउन्सिलबाट लाइसेन्स लिएका करिब ५० हजार ईन्जिनियर छन् । ईन्जिनियरिङमा स्नातक गरेकाले लाइसेन्सका लागि काउन्सिलसमक्ष निवेदन दिन सक्ने ब्यवस्था छ ।
 
दण्ड सजाय खुकुलो गर्ने प्रस्ताव
 
हाल ईन्जिनियरहरुले आचारसंहिता उलंघन गरेको अवस्थामा सिधै लाइसेन्स दर्ता खारेज हुन सक्ने ब्यवस्था छ । तर विधेयकमा यसलाई खुकुलो बनाउने प्रस्ताव गरिएको छ ।
 
‘एकदमै ठूलो गल्ती रहेछ भने मात्रै लाइसेन्स खारेज हुने, नभए कसुरअनुसार ३ महिना, ६ महिनाका लागि लाइसेन्स खारेज गर्ने जस्ता प्रावधान राखिएको छ’ अध्यक्ष निरौलाले भने ।
 
पाठ्यक्रम एउटै, रजिष्टार खुला प्रतिस्पर्धाबाट
 
सबै विश्वविद्यालयको पाठ्यक्रम एउटै बनाउने विषय पनि विधेयकमा रहेको छ । हाल, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा ईन्जिनियरिङका फरक–फरक पाठ्यक्रम रहेका छन् ।
 
हालको ब्यवस्थाअनुसार काउन्सिलको रजिष्टार नेपाल सरकारबाट मनोनित हुन्छन् । तर, संशोधन विधेयकमा खुला प्रतिस्पर्धाबाट काउन्सिलमा रष्जिष्टार नियुक्त गर्ने प्रावधान राखिएको जनाइएको छ ।

 


You need to login to comment.

3 Comments

Bijay Krishna Patel

on 13 May, 2019

dear Lok sewa app, please confirm any news from NEC for engineering before posting it

uzawal siwa

on 02 May, 2019

bujna garo botw hjr

uzawal siwa

on 02 May, 2019

k ho yo kurw

Facebook Comments

Read More News