Welcome, Guest

नयाँ कर्मचारी भर्ना गर्न अझै कम्तीमा एक वर्ष लाग्ने

2075-12-27 / Source: kantipurtv.com  /  8.2K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

फागुन १४ गते कर्मचारी समायोजनको काम सकिएको भन्दै आफ्नो सफलताका रूपमा व्याख्या गरेको मन्त्रालयको नयाँ टाउको दुखाइ भएको छ, समायोजन भइसकेका १२ हजार कर्मचारीका गुनासा र अन्य प्राविधिक कर्मचारीको विरोध । समायोजन भइसकेका कर्मचारीले तोकेको ठाउँमा जान विभिन्न व्यावहारिक समस्या देखाइरहेका छन् भने विशेषज्ञ सेवाका कर्मचारी संघीय सरकार मातहत नै रहन पाउनुपर्ने अडानमा छन् । 
 
पुरानै कर्मचारी समायोजनमा अल्झिएको मन्त्रालय स्थानीय र प्रदेशमा अपुग जनशक्ति भर्ना गरेर पठाउन अझै एक वर्षभन्दा बढी  समय लाग्ने बताउँछ । 
प्रदेश र स्थानीय तहमा अपुग २० हजार नयाँ कर्मचारी भर्ना गर्ने सरकारले जनाएको छ । यसका लागि मन्त्रालयले आवश्यकतासम्बन्धी विवरण पनि माग गरेको छ । प्रदेश लोकसेवा आयोगको कानुन पारित भए पनि गठनको प्रक्रिया अघि बढेको छैन । प्रदेश लोकसेवा गठन नभइसकेकाले संघीय लोकसेवाले नै यो काम अघि बढाउँदै छ । तर पुरानो समस्याको समाधान नै नगरी पुनः नयाँ भर्नामा गए थप समस्या आउने प्रशासनविद्को  बुझाइ छ । 
 
समायोजनको काम अलमलिँदै जाँदा स्थानीय तहमा कर्मचारीको अभाव लामो समय  रहने देखिन्छ । कर्मचारी र कानुन अभावमा काम गर्न नसकेको गुनासो जनप्रतिनिधिहरुले गर्दै आएका छन । जनशक्ति व्यवस्थापनको काम यस्तै अस्तव्यस्त भइरहने हो भने अहिलेका जनप्रतिनिधिको कार्यकाल गुनासोमै नसकिएला भन्न सकिन्न । 
 

You need to login to comment.

Facebook Comments

Read More News