दुई निरीक्षक निष्कासित
2075-12-14 / Source:
rajdhanidaily.com
/ 2.5K
0
लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
सिरहा। माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत बुधबार सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्कासित गरिएको छ भने ११ परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
परिक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्र मावि र सारस्वर मावि परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्कासित गरेको हो ।
यस्तै, परीक्षा हलभित्रै मोबाइल प्रयोग गरी प्रश्नपत्र आउट गर्ने कार्य गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहान नगरपालिकाको बस्तीपुर परीक्षा केन्द्रबाट आठ जना, सारस्वर मावि परीक्षा केन्द्रबाट दुई जना र चन्द्र मावि परीक्षा केन्द्रबाट एक जना परीक्षार्थीको परीक्षा रद्द गरिएको सिरहाका जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख डोलराज पाण्डेले जानकारी दिए । जिल्लामा ३८ परीक्षा केन्द्रबाट ९ हजार १८५ जना परीक्षार्थी परीक्षामा सहभागी रहेका छन् ।
Read More News