Welcome, Guest

कप्तान खड्काको शानदार शतक, युएईलाई हराउँदै नेपालको एक दिवसीय खेलमा ऐतिहासिक जित

2075-10-15  /  1.6K 1

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं, १४ माघ । संयुक्त अरब इमिरेट्स युएईविरुद्धको तेस्रो तथा निर्णायक खेलमा नेपालले बाजी मारेको छ । नेपालले घरेलु टोली युएईलाई पराजित गर्दै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा कब्जा पनि जमाएको छ ।
 
कप्तान पारस खड्काको शतकमा प्रेरित नेपालले युएईलाई ४ विकेटले हराउदै नेपालले युएईलाई ३ खेल श्रृंखलामा दुई एकले हराएको हो । पहिले ब्याटिङको निम्तो पाएको युएईले दिएको दुई सय ५५ रनको लक्ष्य, नेपालले ४४ दशमलव ४ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गरेको थियो । नेपाललाई ऐतिहासिक जित दिलाउन कप्तान पारस खड्काले कप्तानी पारी खेल्दै जितको आधार बनाएका थिए ।
 
खड्काले १ सय १५ रनको सतकिय योगदान दिएका थिए । कप्तान खड्का १ सय ९ बलको सामना गर्दै १ छक्का र १५ चौकाको सहयोगमा १ सय १५ रन बनाएर बाहिरिएका थिए । यसपछि आरिफ शेख र सोमपाल कामीको जोडीले मैदानमा अन्तसम्म संघर्ष गर्दै ऐतिहासिक जित दिलाएका थिए । शेखले २१ रन नटआउट रहँदा सोमपाल कामीले २६ रनको पारी खेलेका थिए ।

You need to login to comment.

1 Comments

Surendra Mahato

on 02 Feb, 2019

Nice job nepali team

Facebook Comments

Read More News