Welcome, Guest

नेपालका ६२ कर्मचारीलाई भारतले तालिम दिने

2075-10-03 / Source: rajdhanidaily.com  /  1.6K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं।  भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’अन्तर्गत नेपाल सरकार अर्थ मन्त्रालयका ६२ जना कर्मचारीलाई ग्लोबल परिप्रेक्ष्यमा सार्वजनिक वित्तीय व्यवस्थापन विषयमा विशेष तालिम दिने भएको छ ।
 
यसअघि नेपाल सरकार अर्थ मन्त्रालयले भारत सरकारलाई नेपाल–भारत आर्थिक सहकार्य कार्यक्रमअन्तर्गत कर्मचारीलाई उक्त तालिम प्रदान गर्न अनुरोध गरेको थियो । सो कार्यक्रम इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एन्ड फाइनान्समा हुनेछ ।
 
यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण÷अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे सहभागीको क्षमता अभिवृद्धि गर्नेछ । यो तालिम तीन ब्याचमा सञ्चालन
 
गरिनेछ । प्रथम ब्याचका ३० देखि एक समूहले सो तालिम लिइरहेको छ । इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एन्ड फाइनान्स भारत सरकारको सार्वजनिक अर्थ व्यवस्थापन क्षेत्रको आधुनिक सिकाइ सुविधायुक्त एक प्रमुख तालिम केन्द्र हो । अर्थ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस संस्था विश्वका अन्य महŒवपूर्ण संस्थासँग आबद्ध छ ।
 
इन्स्टिच्युट भारत सरकारको ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’अन्तर्गत मित्र राष्ट्रहरूका कर्मचारीलाई तालिम प्रदान गर्ने साझेदार संस्था हो । विश्वव्यापी कार्यक्रमका अतिरिक्त इन्स्टिच्युट राष्ट्रहरू अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स तथा श्रीलंकाका कर्मचारीलाई पनि विशेष तालिम प्रदान गर्दै आएको दूतावासले जनाएको छ ।

You need to login to comment.

Facebook Comments

Read More News