Welcome, Guest

शाखा अधिकृतको नतिजा प्रकाशित, सिफारिस हुने सबैभन्दा धेरै स्याङ्जाका (नतिजासहित)

2075-06-29 / Source: www.onlinekhabar.com  /  14.4K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत र सो सरह पदको अन्तिम नतिजा प्रकाशन गरेको छ ।शाखा अधिकृत वा सो सरह पदको प्रथम चरणको परीक्षा २०७४ माघमा र दोस्रो चरणको परीक्षा २०७४ चैत्रमा सम्पन्न भएको थियो ।
 
लिखित परीक्षाबाट अन्तर्वार्ताको लागि छनौट भएका ४९३ जना उम्मेदवारहरुको गत भदौ १ देखि ९ गतेसम्म सूचना प्रविधि सीप परीक्षण परीक्षा र १८ देखि असोज २६ गतेसम्म सामुहिक परीक्षण र अन्तर्वार्ता संचालन भएको थियो ।
 
 
 
 
न्याय सेवामा माग पद संख्या ८६ (न्याय समूहमा ४८, कानून समूहमा १० र सरकारी वकिल समूहमा २८) रहेकोमा यस वर्ष ६१ जना उम्मेदवारहरु सिफारिस भएका छन् ।
 
सिफारिस भएका उम्मेदवारहरुमध्ये न्याय समूहमा ३५ जना, कानून समूहमा ८ जना र सरकारी वकिल समूहमा १८ जना छनौट भएका छन् ।
 
न्याय समूहमा १३, कानून समूहमा २ र सरकारी वकिल समूहमा १० वटा पदमा कुनै पनि उम्मेदवार सिफारिस हुन सकेनन् । जसमध्ये महिला तर्फ ११, आदिवासी/जनजाति तर्फमा ९, दलिततर्फ ४ र अपांग तर्फ १ पदमा उम्मेदवार सिफारिस हुन सकेनन् ।
 
२५ वर्षसम्मका ७४ जना
 
न्याय सेवामा सिफारिस भएका उम्मेदवारहरुमध्ये २५ वर्ष सम्मका ११ जना, २५ देखि ३० वर्ष उमेर समूहका २४ जना, ३० देखि ३५ वर्ष उमेर समूहका २२ जना, ३५ देखि ४० वर्ष उमेर समूहका ४ जना रहेका छन् ।
 
परराष्ट्र सेवातर्फ माग गरिएको सबै पदमा उम्मेदवारहरु सिफारिस भएका छन् । खुला तर्फ ३, आदिवासी/जनजाति तर्फ १ र दलित तर्फ १ गरी जम्मा ५ जना परराष्ट्र सेवामा सिफारिस भएका छन् ।
 
प्रशासन सेवातर्फ माग गरिएका सबै २९९ पदहरुमा उम्मेदवारहरु सिफारिस भएका छन् ।
 
सामान्य प्रशासन समूहमा १९१, लेखा समूहमा ६३, राजस्व समूहमा ३५ र लेखापरीक्षण सेवामा १० जना सिफारिस भएका छन् । ती मध्ये खुलाबाट १६४, महिला ४५, आदिवासी/जनजाति ३७, मधेशी २९, दलित १२, अपांग ७ र पिछडिएको क्षेत्रमा ५ जना सिफारिस भएका छन् ।
 
प्रशासन/लेखापरीक्षण सेवामा सिफारिस भएका उम्मेदवारहरुको उमेर समूह २५ वर्षसम्मका ६३ जना, २५ देखि ३० वर्ष उमेर समूहका १२८ जना, ३० देखि ३५ वर्ष उमेर समूहका ८३ जना, ३५ देखि ४० वर्ष उमेर समूहका २४ जना र ४० वर्ष माथिका १ जना रहेका छन् ।
 
यस वर्ष प्रशासन तथा पहिलो पटक लेखापरीक्षण समूहका माग गरिएका सबै पदहरुमा पदपूर्ति हुन सकेको छ ।
 
शाखा अधिकृत वा सो सरह पदमा न्युनत्तम स्नातक उत्तीर्ण उम्मेदवारहरुले आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।
 
सिफारिस भएका उम्मेदवारहरुको न्युनत्तम शैक्षिक योग्यताका आधारमा विशिष्ट तथा प्रथम श्रेणीका ११९ जना, द्वितीय श्रेणीका २३४ जना, तृतीय श्रेणीका ११ जना र श्रेणी नखुलेका १ जना रहेका छन् ।
 
राजपत्रांकित तृतीय श्रेणी, प्रशासन सेवा, सामान्य प्रशासन समूहमा १९१ जना, प्रशासन सेवा, लेखा समूहमा ६३ जना, प्रशासन सेवा राजस्व समूहमा ३५ जना, लेखापरीक्षण सेवामा १० जना, परराष्ट्र सेवामा ५ जना, न्याय सेवामा ८६ जनाको लागि खुला तथा समावेशी समूहमा लोक सेवा आयोगको ०७४ साल मंसिर २७ गते विज्ञापन प्रकाशन भएको थियो ।
 
विज्ञापन भएका पदहरुमध्ये खुलामा २०६, महिलामा ५९, आदिवासी/जनजातिमा ५२, मधेशीमा ३९, दलितमा १८, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको लागि विज्ञापन भएको थियो ।
 
शाखा अधिकृत पदका उम्मेदवारहरुले प्रथम चरणमा सामान्य ज्ञान, बौद्धिक परीक्षण र अंग्रेजी विषयको १०० वटा बस्तुगत बहुवैकल्पिक प्रश्नका माध्यमबाट १०० पूर्णाङकको परीक्षा दिनुपर्ने व्यवस्था रहेको छ ।
 
सबैभन्दा धेरै स्याङजाका
 
शाखा अधिकृत वा सो सरह पदमा सबैभन्दा बढी स्याङ्जा जिल्लाबाट २८ जना सिफारिस भएका छन् ।
 
गुल्मीका १९, झापाका १७, काठमाडौं र मकवानपुरका १३/१३ जना, अर्घखाँचीका १२, पर्वतका ११, खोटाङ्ग र बाग्लुङ्गका १०/१० जना, धनुषा, नवलपरासी र सुर्खेतका ९/९ जना सिफारिस भएको लोकसेवा आयोगले जनाएको छ ।
 
यस्तै कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका ८/८ जना, दाङ, सप्तरी, सर्लाही र सुनसरीका ७/७ जना, उदयपुर, चितवन, धादिङ्ग र प्यूठानका ५/५ जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका ५/५ जना, इलाम, पाँचथर, पाल्पा, बजाङ्ग, बर्दिया, बारा, रौतहट, ललितपुर, संखुवासभा र सिरहाका ४/४ जना सिफारिस भएको छन् ।
 
ओखलढुंगा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका ३/३ जना, अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका २/२ जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका १/१ जना सिफारिस भएका छन् ।
 
प्रथम चरण र दोस्रो चरणको लिखित परीक्षामा उम्मेदवारको ज्ञानको परीक्षण हुन्छ भने सूचना प्रविधि सीप परीक्षणमा कम्प्युटर सम्बन्धी सीप र दक्षताको परीक्षण हुने, सामूहिक छलफल र अन्तर्वार्तामा व्यवहारिक परीक्षणसमेत भई नियुक्तिका लागि छनौट गर्ने गरिन्छ ।
 

You need to login to comment.

Facebook Comments

Read More News