लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी बरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक(डिआईजी)मा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
महानिरीक्षक खनालले डिआईजी बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्यायलाई फूली गराइदिएका हुन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पुरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन दिए ।
इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै खनालले दसैं तिहार जस्ता चाडपर्वमा अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि त्रुटी नआउने गरी काम गर्न पनि निर्देशन दिए ।
आफ्नो क्षमता प्रदर्शन गर्दै आफ्नै खुट्टामा उभिनेका लागि संगठन सदैव साथमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको नीति विपरित काम गर्ने कर्मचारी तत्काल सजायको भागिदार हुने उनले बताए ।
नेपाल प्रहरीले लागू गर्न लागेको सामुदाय साझेदार प्रहरी अवधारणाले प्रहरी कार्यमा थप गतिशीलता ल्याउने विश्वास व्यक्त गर्दै उनले यसलाई आत्मसात गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।