Welcome, Guest

नेपालनिति डटकम बाट लोकसेवा सामाग्रीहरु

2019-05-01 / 6.4K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. विश्व औलो दिवस २०१९(२०७६) को नारा के हो?
– आफैबाट सुरु गरौं, औलोलाई शून्यमा पुर्याऔ ( Zero Malaria starts with me)
( नेपाल सरकारले सन् २०२२ सम्म स्थानिय मलेरिया उन्मुलन गर्ने एंव सन् २०२५ सम्म नेपाललाई औलो मुक्त बनाउने लक्ष्य लिएको छ। औलो दिवस हरेक बर्ष अप्रिल २५ मा मनाईन्छ।)
 
२. मुन्धुम ट्रेल पदमार्ग कहाँ पर्दछ?
-भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा
(मध्यपहाडी लोकमार्गमा भर्खरै पहिचान गरिएको मुन्धुम ट्रेल पदमार्ग नेपाल सरकारले यसै वर्ष मात्रै घोषणा गरेको नेपालको घुम्नैपर्ने १ सय पर्यटकीय गन्तव्यभित्रको सूचीमा छनोट भएको छ ।)
 
३. आठौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै सवर्ण पदक जित्ने खेलाडी को हुन?
– गौरिका सिंह
(ओलम्पियन पौडीबाज सिंहले१२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन्।)
 
४. सरकारले ज्येष्ठ नागरिकका लागि स्वास्थ्य बीमा अभियानको शुभारम्भ कहिले गर्यो?
– वि.स. २०७६ वैशाख १
 
५. स्वीट क्रिम , कोटेड रेड, एन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फूलका प्रकार हुन् ?
-सयपत्री
 
६. बैज्ञानिकले २०१९ अप्रिल २३ मा पत्ता लगाएको नयाँ ग्रहको नाम के हो?
– ‘केप्लर–४७ डी’
(यो ग्रह पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा रहेको नासाले उल्लेख गरेको छ)
 
७. देशकै ५०औँ साक्षर जिल्ला कुन भएको छ?
– डडेल्धुरा
(सात स्थानीय तह रहेको डडेल्धुरा देशकै ५० औँ साक्षर जिल्ला घोषणा गरिएको छ । गत आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले डडेल्धुरालाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।)
 
८. श्रीलङ्कामा कहिले शृङ्खलाबद्ध बम विस्फोटन भयो?
– २१ अप्रिल २०१९
(बिस्फोटनबाट झण्डै ३१५ जनाको मृत्यु र पाचँ सय जनाभन्दा बढी व्यक्ती घाईते भएका थिए।)
 
९. नेपाल सरकार, मन्त्रिपरिषद को २०७६ बैशाख १२ को निर्णय अनुसार नेपालमा कहिले Df Scaling up Nutrition को विश्व सम्मेलन गर्ने निर्णय गरेको छ? – २०७६ कार्तिक १९-२१ ( २०१९ November 5-7 )
 
१०. संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यका रूपमा छनोट भएका ५ राष्ट्र कुन–कुन हुन् ?
– डोमिनिकन रिपब्लिक, इन्डोनेसिया जर्मनी, दक्षिण अफ्रिका, बेल्जियम (शुत्र: DIG SB)
 
११. ‘धम्बोझी’ कसको कृती हो?
– सरोजराज अधिकारी
 
(मधेस राजनीति र पछिल्लो मधेस आन्दोलनको आरोह–अवरोहमाथि लेखिएको ‘धम्बोझी’ पत्रकार तथा लेखक सरोजराज अधिकारीले लेखेका हुन्। )
 
१२. आफैलाई गोली हानेर आत्महत्या गर्ने पुर्बराष्ट्रपति को हुन?
-एलान गार्सिया
(पेरुका पूर्व राष्ट्रपति गार्सियाले भ्रष्टाचार आरोपमा पक्राउ गर्न प्रहरी आउने थाहा पाएपछि १७ अप्रिल २०१९मा आफैलाई गोली हानेर आत्महत्या गरेका हुन्।)
 
१३. विश्व पर्यटन दिवस 2075 को अवसरमा गाउँ पर्यटन प्रवर्द्धन मन्च (भिटोफ) ले पहिचान गरेका 3 पर्यटकीय गाउँ कुन-कुन हुन् ? – दोरम्बा (रामेछाप ), राइनासकोट (लमजुङ ) र मुर्मा (मुगु )
 
१४. सनसाइन (Sun Shine) पोलिसी कुन देशसङ सम्बन्धित छ?
– उत्तर कोरिया र दक्षिण कोरिया
 
१५. नेपालको संविधानमा प्रदेश ,गाउँपालिका वा नगरपालिकाबीच कुनै राजनीतिक विवाद उत्पन्न भएमा विवादको समाधान गर्ने कार्यको जिम्मेवारी कस्को हुन्छ?
-प्रदेश सभा
 
१६. अमेरिकाको न्युयोर्कस्थित जाकोबी मेडिकल सेन्टर, न्युयोर्क हस्पिटलबाट उत्कृष्ट सेवा गरेबापत सम्मानित हुने नेपाली नर्श को हुन?
– शकुन न्यौपाने ‘अर्याल’
 
१७. इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले आगामी बर्षदेखी क्रिकेट खेलमा सुरु गर्न थालेको नयाँ Format कुन हो?
– The hundred (द हन्ड्रेड)
(यस फरम्याटमा १०० बलको खेल हुनेछ अनि प्रत्येक २५ बलमा विकेट झर्नेछ।)
 
१८. बाघ गणना गर्दा कुन विधि प्रयोग गरिन्छ?
– क्यामेरा ट्रयापिङ्
 
१९. सम्पूर्ण निजी स्कुललाई सरकारी स्कुलमा गाभ्ने घोषणा गर्ने पहिलो स्थानीय तह कुन हो?
– दरवार गाउँपालिका, गुल्मी
 
( गापा अध्यक्ष अशोक थापाले गापा भित्र रहेका सबै ६ वटा निजी स्कुललाई सरकारी स्कुलमा गाभ्ने घोषणा गरेका छन्)
 
२०. नेपालकाे सबैभन्दा ठूलाे शब्दकाेश ‘नेपाली शब्दसागर’का लेखक को हुन?
– वसन्तकुमार शर्मा ‘नेपाल’ (शर्माकाे ९७ वर्षकाे उमेरमा २०७६ बैशाख ७ गते निधन भएकाे छ।)
 
खण्ड – ख : बौद्धिक परिक्षण
 
1. Find the wrong numbers in the given series
 
57, 36, 19, 10, 6
 
a. 6 b. 10 c.19 d.36
 
Answer: A (Solution, (5×7)+1 =36
 
(3×6)+1 = 19
 
but (1×0)+1= 1 (त्यसैले ६ मिलेन )
 
2. If CHAMPION is coded as HCMAIPNO, what is NEGATIVE coded as
 
a. NEGATIEV b. NEAGVEIT c. ENAGITEV d. MGAETVIE
 
Answer: c
 
4. Suman is standing in a line having 40 boys. While counting from right his place stands at 14th place. What would be his place of counting is done from left?
 
a. 24 b. 25 c.26 d.27
 
Answer: d
 
5. What is the 10% of 10% of the figure that is 10% of 55,550 ?
 
a. 5.555 b. 55.550 c.555.50 d.5555
 
Answer: a
 
6. Binita watched a movie 10 days ago. If she watched a movie only on friday, what day is it today?
 
a. Monday b. Tuesday c.Wednesday d.Thursday
 
Answer: a (आजभन्दा १० दिन पहिले शुक्रबार थियो । सो अनुसार आज सोमबार हो ।)
 
7. A can do a piece of work in 10 days while B can do it in 15 days. In how many days can both do the piece of work together?
 
a. 8 days b. 6 days c.5 days d.12 days
 
Answer: b
 
8. 810, 270, 90,…….?
 
a. 80 b. 50 c.30 d.10
 
Answer: c ( Solution:३ ले भाग गरी पछिल्ला पद निर्धारण गरेको )
 
9. In a seminar, there were 12 people. If each shook their hand with all others. How many times were the hands shaken together ?
 
a. 50 b. 54 c.66 d.72
 
Answer: c (Solution: n (n-1)/2, 12×11/2=66)
 
10. If a watch is 1 minute and 14 seconds late in 37 days, how late is it in a day?
 
a. 2 sec b. 3 sec c.4 sec d.5 sec
 
Answer: a

You need to login to comment.

Facebook Comments